काठमाडौं– नेपाली कांग्रेसको राजधानीमा जारी महासमिति बैठक नाराबाजीपछि स्थगित भएको छ।
बैठकमा सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू समयमै उपस्थित नभएको भन्दै महासमिति सदस्यले नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए।
सोमबार बिहान बसेको बैठक दिउँसो खाना खाएपछि बस्ने गरी स्थगित गरिएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई घन्टा बैठक स्थगित गरिएको बताए।
महासमिति बैठकमा चार वटा दस्तावेज प्रस्तुत गरे पनि पार्टीको संघीय विधानको मस्यौदा भने प्रस्तुत गरिएको छैन।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
