Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चर्चित बलर शक्ति गौचनले लिए सन्यास


  • आइतबार, पुष १ २०७५

  • चर्चित बलर शक्ति गौचनले लिए सन्यास

    काठमाडौं- नेपाली क्रिकेटका चर्चित बलर शक्ति गौचनले सन्यास लिएका छन्। शनिबार एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा पल्टनबाट खेल्दै शक्तिले सन्यास घोषणा गरेका हुन्। शक्तिले सन्यास घोषणा गरेको खेलमा पोखरा चितवन टाइगर्ससँग पराजित भएको छ।

    शक्ति पोखराको उपकप्तानको जिम्मेवारीमा थिए। शनिबारको खेलमा चितवन टाइगर्ससँग पोखरा ७ विकेटले पराजित भएको हो।

    गत असारमै अन्तराष्ट्रिय क्रिकेटबाट सन्याय लिएका शक्तिले राष्ट्रिय टोलीबाट एक खेल खेल्दै सन्यास लिने तयारी गरेका थिए। यद्यपी शनिबार नै उनले सन्यास घोषणा गरेका हुन्।

    शक्तिले क्रिकेट खेलबाट सन्यास लिए पनि अबको दिनमा क्रिकेट क्षेत्रकै लागि काम गर्ने घोषणा गरेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij