Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको आर्थिक नीति केन्द्रीय कार्यसमितिको बैठकबाट पारित


  • सोमबार, मंसिर २४ २०७५

  • कांग्रेसको आर्थिक नीति केन्द्रीय कार्यसमितिको बैठकबाट पारित

    काठमाडौं– नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठकले सह-महामन्त्री डा. प्रकाशशरण महत संंयोजक रहेको समग्र आर्थिक नीति प्रस्ताव समितिको प्रस्ताव सुझाव समेत समेटेर पारित गरेको छ ।
    डा. महतको प्रस्तावमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रस्ताव पारित भएको सह-महामन्त्री एंव समितिका संयोजक डा. महतले राष्ट्रपुकारलाई जानकारी दिए ।
    यो प्रस्ताव कांग्रेसको महासमितिको मंसिर २९ गतेबाट सुरु हुने बैठकमा प्रस्तुत हुनेछ । प्रारम्भिक सस्यौदा केहि साता अघि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij