काठमाडौं–आइतबार सुरु भएको अन्तर प्रदेश परिषदको बैठक सकिएको छ ।
साथै बैठकको निश्कर्षसहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ ।
उक्त कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेका छन् । त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहनेछन् ।
एक हप्ताभित्र उक्त कार्यदलले बैठकको निश्कर्षसहितको प्रतिवेदन बुझाउनु पर्ने छ ।
बैठकमा सबै मुख्यमन्त्रीहरुले आफ्ना भोगाइ, समस्या समाधान गर्न चाहेको विषय स्पष्टसँग राखेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको निश्कर्षसहितको प्रतिवेदन सात दिनभित्र बुझाउने गरी कार्यदल गठन गर्ने र त्यसको निश्कर्षलाई कार्यान्वयनमा लैजाने बताएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
