Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चार देशमा प्रस्तावित राजदूतको सुनुवाइ २३ गते


  • बुधबार, मंसिर १९ २०७५

  • चार देशमा प्रस्तावित राजदूतको सुनुवाइ २३ गते

    काठमाडौं -संसदीय सुनुवाइ समितिले भारतसहित चार देशमा सिफारिस भएका राजदूतलाई सुनुवाइका लागि मंसिर २३ गते डाकेको छ।
    सरकारले निलाम्बर आचार्य (भारत), उदयराज पाण्डे (मलेसिया), कृष्णप्रसाद ढकाल (युएई) र अन्जान शाक्य (इजरायल) का लागि राजदूत सिफारिश गरेको छ।
    समितिले त्यसअघि २१ गते दिउँसो उजुरीकर्तासँग छलफल गर्नेछ।
    समितिले राजदूत नियुक्तिसम्बन्धी नयाँ कार्यविधि निर्माण भएकाले त्यस विषयमा पूर्वराजदूतसँग अन्तरक्रिया गर्ने भएको छ।
    पुष्कर मानन्धर नेतृत्वको पूर्वराजदूतहरूको संस्थाका पाँच जनालाई समितिले छलफलका लागि डाकेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij