Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा सडक महोत्सव पुस १३ देखि


  • शनिबार, मंसिर १५ २०७५

  • पोखरामा सडक महोत्सव पुस १३ देखि

    पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरम पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा यस वर्ष पनि सडक महोतसव हुने भएको छ । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा आगामी पुष १३ गतेदेखि १७ गतेसम्म अंग्रेजी नयाँ वर्षको स्वागतार्थ २० औं संस्करणको सडक महोत्सव हुने भएको हो ।

    महोत्सवको तयारी शुरु गरिएको रेवानले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । महोत्सव सम्पन्न गर्न रेवान पोखरा अध्यक्ष भीमसेन भुजेल ‘बुधराज’को संयोजकत्वमा महोत्सव मूल आयोजक समिति बनाइएको छ ।

    ‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष भुजेलले बताए । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामीण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको उनले प्रष्ट्याए ।

    महोत्सव पोखराको शहीदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रमा हुने रेवानले जनाएको छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, वाल उद्यानलगायत आकर्षणका रुपमा रहने अध्यक्ष भुजेलले जानकारी दिए ।

    त्यस्तै सडक महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको लाइभ कन्सर्ट, लोकदोहोरी प्रस्तुति, हास्य प्रहसनलगायतका कार्यक्रम पनि राखिने रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए । महोत्सवको अवसरमा जापान, चीन, कोरिया र भारतबाट सांस्कृतिक कार्यक्रम ल्याउने प्रयास भइरहेको उनले बताए ।

    सडक महोत्सवले नेपालमा रहेका विदेशी पनि क्रिसमस र नयाँ बर्ष मनाउन भारतको गोवा जाने प्रचलनलाई रोकेर नेपालमै बस्ने वातावरण बनाएको रेवान पोखराका सल्लाहकार तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले बताए ।

    ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित सडकमै खानाका परिकार तथा स्टल राख्दा विरोध भएपछि आफूहरुले अहिले कोमागाने पार्कलाई केन्द्रीत गरी कार्यक्रम गर्न थालेको रेवान पोखराका सल्लाहकार तथा पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij