Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरा स्काई स्पोर्टसले कन्सर्ट गर्दै


  • शुक्रबार, मंसिर १४ २०७५

  • पोखरा स्काई स्पोर्टसले कन्सर्ट गर्दै

    ‘पोखरा स्काई स्पोर्टस’को शुभारम्भको अवसर पारेर पोखरामा ग्राण्ड कन्सर्ट हुने भएको छ ।

    पोखराको न्युरोड स्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुती राख्नेछन् ।

    तीन दिनसम्म चल्ने स्काई स्पोर्टसको ओपनिङमा कन्सर्टसँगै फेसन सो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुति हुनेछन् ।

    खेल, मनोरन्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने सम्भवत नेपालकै पहिलो महत्वाकांक्षी परियोजना ‘अ प्लेस फर एभ्रिवन रेष्टुरेन्टसँगै पोखरा स्काई स्पोर्टस्’ संचालनमा आउन लागेको हो ।

    विगत ३ वर्ष अगाडीदेखि निर्माण आरम्भ भएको उक्त प्रोजेक्टको ग्राण्ड ओपनिङ ५० बढी कलाकार तथा कर्पोरेट भिआईपीहरुको उपस्थितिमा मंसिर २८, २९, पुष १ गते गरी तीन दिन सम्म चल्ने छ ।

    स्काई स्पोर्टसमा फुटसल, लङ टेनिस, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्युजी, पुलसगैँ भर्चुअल रियालीटी प्ले स्टेशनको सुविधा रहेको छ । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै रेष्टुरेन्टको लागि विशेष कार्डको समेत व्यवस्था गरिएको छ ।

    सिल्भर, गोल्ड र प्लाटिनम गरी तीनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज बनाएको स्काई स्पोर्टसका सिइओ सुदिप दवाडीले बताएका छन् । स्काई स्पोर्टसका अध्यक्ष सुजन गुरुङले पछिल्लो समय बदलिएको सामाजिक परिवेश र मानिसको चाहाना अनुसार एकै छाना मुनि सम्पूर्ण सेवा सुबिधा उपलब्ध गराउने उदेश्य अनुरुप स्काई स्पोर्टस संचालनमा ल्याउन लागेको बताए

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij