Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रीलङ्काको संसदबाट प्रधानमन्त्रीको खर्च कटौती


  • शुक्रबार, मंसिर १४ २०७५

  • श्रीलङ्काको संसदबाट प्रधानमन्त्रीको खर्च कटौती

    श्रीलङ्काका बहुसंख्यक सांसदहरूले प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

    संसदमा बिहीबार भएको मतदानमा उनीहरूले पक्षमा मत दिएर प्रधानमन्त्रीको खर्च कटौती गरिदिएका छन् ।

    तत्कालको राजनीतिक संकट तथा अस्थिरतालाई नियन्त्रणमा लिनका लागि प्रधानमन्त्री कार्यालयको खर्च कटौती गर्नु परेको सांसदहरुको भनाई छ ।

    संसदका कुल २२५ सांसदमध्ये १२३ जना सांसदले खर्च कटौतीको पक्षमा मतदान गरेको अधिकारीहरुले जनाएका छन् ।

    खर्च कटौतीको प्रस्ताव अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको पार्टी ‘युनाईटेड नेश्नल पार्टी’ (युपीएन)का सांसद रवि करुणानायकेले संसदमा प्रस्तुत गरेका थिए ।

    ‘तमिल नेस्नल एलाइन्स’का सांसद र जनाथा भिमुक्थी पेरामुनाले पनि प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावमा मतदान गरे ।

    राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर विपक्षी नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्ट संसदले प्रधानमन्त्रीलाई असहयोग हुने र नियन्त्रण गर्नेगरी यस्तो प्रस्ताव पारित गरेको हो ।

    श्रीलङ्कमा अहिले संसद र अदालतले राष्ट्रपति र प्रधानमन्त्री असहमति जनाउदै आएका छन् । उनीहरुले राष्ट्रपतिको कदम गलत भएको र प्रधानमन्त्री पनि अवैध भएको दावी गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij