सुर्खेत-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको छ । कार्यालयको बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उद्घाटन गरेका हुन् । कार्यालयमा १४ जनाको दरबन्दी छ । प्रदेशभर कार्यालयको कार्य क्षेत्र रहने छ । अहिले कार्यालयमा ३ जना अधिकृत, एकजना ईन्जिनियर, एकजना नायव सुब्बा र एकजना लेखापाल गरी ६ जना कर्मचारी खटाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
