Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस देउवा पक्षको काठमाडौं क्षेत्र नं.५ को क्षेत्रिय सभापतिमा उत्तम शर्मा


  • आइतबार, असोज २५ २०८३

  • कांग्रेस देउवा पक्षको काठमाडौं क्षेत्र नं.५ को क्षेत्रिय सभापतिमा उत्तम शर्मा

    काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर पक्षको काठमाडौं क्षेत्र नं. ५ को सभापति मा उत्तम शर्मा निर्वाचित भएका छन । पञ्चायत कालको प्रतिबन्धित अवस्था देखि नै नेपाली कांग्रेसको राजनितिमा क्रियाशिल शर्मालाई शनिवार सम्पन्न अधिवेशनले सभापति निर्वाचित गरेको हो । निर्वतमान सभापति एवं सांसद तथा पूर्वमन्त्री श्यामवहादुर खड्‌काले शर्मालाई पदभार हस्तान्तरण गरेका छ्न । यसै गरी प्रदेश क मा धिरेन विक्रम मोक्तान सभापतिमा निर्वाचित भएका छन । प्रदेश ख मा रत्न महर्जन सभापतिमा निर्वाचित भएका छन ।
    मोक्तान र महर्जन विधानतः क्षेत्रिय कार्य समितिको उप सभापति रहने छन । क्षेत्रिय कार्य समितिको सचिवमा शान्ति लामा निर्वाचित भएको छिन । सदस्यमा रञ्जीता भेटवाल लगाएत छन ।

    नव निर्वाचित कार्य समितिलाई निवर्तमान सभापति खड्का, कांग्रेस नेताहरू श्रीविनोद भट्‌टाई, कृष्ण कुमार मगर, भिमसेन खत्री लगाएतले वधाई एवं शुभकामना ब्यक्त गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij