Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टीमा निर्विकल्प कोहि छैन, निष्पक्ष निर्वाचन होस : श्यामकृष्ण खड्गी


  • बिहिबार, असोज २२ २०८३

  • पार्टीमा निर्विकल्प कोहि छैन, निष्पक्ष निर्वाचन होस : श्यामकृष्ण खड्गी

    काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खङ्‌गीले निष्पक्ष र भयरहित निर्वाचनको माग गरेका छन । विहिवार विज्ञप्ती जारी गर्दै खङ्‌गीले आफ्नो उम्मेवारीले पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको बताए । उनले पार्टीमा निर्विकल्प कोहि पनि नहुँने भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई कुनै दवाव र प्रभावमा नपरी विवेकको मत प्रयोग गर्न अपिल गरेका छन । नेपाली कांग्रेस र लोकतन्त्र माथी देखा परेका हरेक चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माण गर्ने हुटहुटी, कार्ययोजना र तत्परता सहित महाधिवेशनको मैदानमा उत्रिएको दावी खड्गीले गरेका छन । खङ्‌गीले जारी गरेको विज्ञप्ती यस्तो छ :
    प्रेस विज्ञप्ती
    २०६३ – ६ – २२
    सर्वप्रथम नेपाली कांग्रेस पार्टिको स्थापना गर्नुहुन महामानव वीपी कोइराला सहितका संस्थापक नेताहरू र नेपालको लोकतान्त्रिक आन्दोलमा जीवन उत्सर्ग गर्नुहुने सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु ।
    १५ औं महाधिवेशनमा सहभागी भैरहनु भएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्युहरूमा जय नेपालको न्यानो अभिवादन ।
    नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी हो । कांग्रेसले सधै आन्तरिक र बाह्य लोकतन्त्रको पक्षमा संघर्ष गर्दै आएको छ । मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्रको अभ्यासलाई बलियो बनाउँदै शसक्त पार्टी निर्माण गर्ने उदेश्यका साथ अघि सारिएको हो । पार्टीमा निर्विकल्प कोहि पनि हुदैन भन्ने मान्यताका साथ तपाई महाधिवेशन प्रतिनिधि समक्ष उम्मेदवारको रुपमा खडा भएको छु ।
    नेपाली कांग्रेस र लोकतन्त्र माथी देखा परेका हरेक चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माण गर्ने हुटहुटी, कार्ययोजना र तत्परता सहित महाधिवेशनको मैदानमा छु ।
    सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई कुनै दवाव र प्रभावमा नपरी विवेकको मत प्रयोग गर्न अपिल गर्दछु ।
    साथै निष्पक्ष र निर्भयका साथ मतदान, मतगणना र परिणाम घोषणाको प्रत्याभूति गर्न अनुरोध गर्दछु ।
    श्यामकृष्ण खड्गी सभापति पदका उम्मेदवार
    नेपाली कांग्रेस
    १५ औं महाधिवेशन

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij