Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा – ७ मा देउवा पक्षले गऱ्यो वडा अधिवेशन


  • बिहिबार, असोज १५ २०८३

  • टोखा – ७ मा देउवा पक्षले गऱ्यो वडा अधिवेशन

    काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षको टोखा नगर पालिका वार्ड नं ७ को वडा अधिवेशन भएको छ । वडा सभापति दुर्गा कार्कीको सभापतित्वमा भएको अधिवेशनको उद्‌घाटन काठमाडौं क्षेत्र नं. ५ का क्षेत्रीय सभापति, सांसद एवं पूर्वमन्त्री श्यामवहादुर खड्काले गरे । अधिवेशन उद्घाटन गर्दै खड्‌काले विशेष महाधिवेशनका नाममा गरिएको अवैधानिक गतिविधिले पार्टी संकटमा परेको बताए । पार्टीको अधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको र फैसला आफुहरुको पक्षमा आउँने विश्वास खङ्‌काले व्यक्त गरे ।
    नेपाली कांग्रेस क्षेत्र नं. ५ ख का संयोजक बद्रिनाथ कोइरालाले विशेष अधिवेशन अवैधानिक भएको जिकिर गर्दै उक्त महाधिवेशनवाट निर्वाचित घोषित गगन थापाले साथीहरुले वोलाएको महाधिवेशनमा आफु आएको बताउँनुले उक्त महाधिवेशन नै अवैध भएको बताए । अधिवेशनले रमेश महतको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।
    कार्यक्रमको संचालन युवा नेता रत्न मर्हजनले गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij