भनिन्छ खोला तार्ने माझी र शिक्षक उस्तै हुन। माझीले कैयौ यात्रुलाई खोला तारेर गन्तव्यको मार्ग खोली दिन्छ भने शिक्षकले विद्याथीलाई ज्ञान माध्यमबाट सुन्दर भविष्यको मार्ग कोरिदिन्छ । त्यही ज्ञानको मार्ग कोर्दा कोर्दै दुर्गा कार्कीका ३८ वसन्त वितेको थाहै भएन । एकतमासले चलेको जीवनमा अरु इच्छा र आकंक्षा नभएका होइनन् । तर पेशा प्रतिको सर्मपणका कारण उनले अन्त ध्यानै दिन पाइनन् ।
२०३७ सालमा वनदेवी आधारभूत विद्यालयको स्थापना गरेर तामाङ वालवालिकालाई पढाएर शिक्षण पेशा प्रारम्भ गरेर पछि त्रियोग हाई स्कूलमा अध्यापन गएकी दुर्गा दुर्गा कार्कीले ३८ वर्ष यहि पेशामा विताइन । वनदेवी स्कूलले उनलाई आजीवन सदस्यका रुपमा सम्मान गरेको छ ।
उनले पढाएका विद्यार्थीहरू केहि डाक्टर, इन्जिनियर, प्राध्यापक र व्यवसायीका रूपमा समाजमा योगदान पुऱ्याई रहेका छन भने कोही सांसद समेत भएका छन ।
उनका पिता पुर्खा शंखुवासभाका हुन । पद्मलाल ढुङ्गेलको कान्छी छोरीका रुपमा जन्मेकी दुर्गाको विराटनगरका हरिकृष्ण कार्की संग विवाह भएको हो । दुई छोराकी आमा दुर्गाको एउटा छोरा वरिष्ठ संगितकार छन भने अर्को अध्ययनको सिलसिलामा अमेरिकामा छन ।
राजनितिक चेतानाको विकास संगसँगै उनले नेपाली कांग्रेस प्रति आस्था राखिन । अहिले नेपाली कांग्रेसको संस्थापन इतर पक्षवाट सक्रिय राजनितिक यात्रालाई अघि बढाइ रहेकी छिन । टोखा नगर पालिका वार्ड नं. ७ को वडा सभापतिको जिम्बेवारीमा रहेकी दुर्गा राजनितिलाई समाज सेवा ठान्दछिन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
