Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वप्रकाश र भिष्म आङदम्वेले भेटे प्रधानमन्त्री


  • सोमबार, असोज ५ २०८३

  • विश्वप्रकाश र भिष्म आङदम्वेले भेटे प्रधानमन्त्री

    काठमाडौ – प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ।

    संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि सम्माननीय प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनुभएको थियो। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित हुनुहुन्थ्यो।
    प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij