काठमाडौं – फुटको संघारमा पुगेको नेपाली कांग्रेसका दुवै पक्षले १५ महाधिवेशनको तयारी तिव्र बनाएका छन । संस्थापन पक्षले महाधिवेशनका लागि असोज १६ देखि २० गतेसम्म भृकुटीमण्डको प्रदर्शनी हल बुक गरिसकेको छ भने संस्थापन इतर पक्षले असोज १५ मा वडा अधिवेशन सुरु गरेर मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ। संस्थापन इतर पक्षले भातृसंस्था गठन गर्ने भएको छ । विशेष गरी नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल गठन गर्न लागिएको हो । महिला संघ संस्थापन इतर पक्षमै भएकाले पुरानै लाई निरन्तरता दिने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
