Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीज्यू, माग्नुस्, दिल खोलेर माग्नुस्


  • सोमबार, भाद्र १५ २०८३

  • प्रधानमन्त्रीज्यू, माग्नुस्, दिल खोलेर माग्नुस्

    रक्षा वम

    प्रधानमन्त्रीज्यू, माग्नुस्। दिल खोलेर माग्नुस्। संसारसँग अपिल गर्नुस्। अत्याधुनिक उद्धार उपकरणहरू माग्नुस्। तपाईं एक गरिब मुलुकको प्रधानमन्त्री हुनुहुन्छ। अहिले तपाईंको सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो सरकारको प्रतिष्ठा जोगाउनु भन्दा आफ्ना नागरिकको ज्यान जोगाउनु हो।

    विशेषगरी टनेलमा फसेकाहरूको उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण भइरहेको छ। टनेलका मुखमा अड्किएका ठूला ढुंगा तथा भग्नावशेष हटाउन सक्ने शक्तिशाली र अत्याधुनिक उपकरणहरू तत्काल आवश्यक देखिन्छ। डोजर र ब्रेकर बोक्न सक्ने हेलिकोप्टरको आवश्यकता देखिन्छ। सबै टनेलमा एकैसाथ उद्धार कार्य अघि बढाउन नसकिएको अवस्थामा हामी छौँ। प्रधानमन्त्रीज्यू, सामाजिक सञ्जालमा जुन कुरा बढी उठ्यो, त्यतैतिर मात्र ध्यान दिएर ‘भित्तो कोपर्न’ नलाग्नुस्। बाढी खोलामा आएको हो, फेसबुकमा होइन।

    टनेलभित्र हाम्रा नागरिकहरू फसेका छन्। उनीहरू कुनै तथ्यांक होइनन्। उनीहरू कसैका सन्तान हुन्, कसैका परिवारका सदस्य हुन्। उनीहरूका परिवारहरू बाहिर बसेर एउटा फोन, एउटा खबरको प्रतीक्षा गरिरहेका छन्। त्यसैले जहाँबाट सम्भव हुन्छ, जुन देशसँग जुन अत्याधुनिक उद्धार प्रविधि र उपकरण उपलब्ध छन्, माग्नुस्। ठूला ढुंगा र भग्नावशेष तत्काल हटाउन सक्ने हेभी मेसिनरी होस्, विशेषज्ञ उद्धार टोली होस् वा अन्य आवश्यक प्रविधि, जे चाहिन्छ, माग्नुस्।

    सहयोग माग्दा देश सानो हुँदैन। नागरिक बचाउन संसारसँग हात फैलाउनु तपाईको कमजोरी हुनेछैन, तपाईको साहस हुनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij