Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्पेनले १६ वर्षपछि उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि


  • आइतबार, साउन ३ २०८३

  • स्पेनले १६ वर्षपछि उचाल्यो  फिफा विश्वकप २०२६ को उपाधि

    काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रोपटक च्याम्पियन बनेको हो।

    स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे। उनले खेलको अतिरिक्त समयमा १०६ औं मिनेटमा गोल गर्दै स्पेनलाई उपाधि दिलाए।

    निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। साविक विजेता अर्जेन्टिना उपविजेतामा सिमित भएको छ भने स्पेनले यस अघि २०१० मा उपाधि जितेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij