Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फिफा विश्वकप २०२६ : क्युरासाओविरुद्ध जर्मनीको फराकिलो जित


  • सोमबार, असार १ २०८३

  • फिफा विश्वकप २०२६ : क्युरासाओविरुद्ध जर्मनीको फराकिलो जित

    काठमाडौं – क्युरासाओविरुद्धको खेलमा जर्मनी विजयी भएको छ । अमेरिकामा भएको खेलमा जर्मनी ७ -१ ले विजयी भएको हो । विश्वकपमा क्युरासाओले चारपटकको विश्विविजेता जर्मनीविरुद्ध एक गोल गरेको थियो । विश्वकपको डेब्यू खेलमा गोल गर्दै लिभियानो एमिन्सियाले आफ्नो रेकर्ड दर्ज गराएका छन् ।

    खेलको पाँचौँ मिनेटमा जर्मनीका फेलिक्स नेचाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लिभियानोले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो ।

    पहिलो हाफमा निको स्कोलवर्गले गोल थप्दै खेल २-१ को स्थितिमा पुर्‍याए । ४५ औँ मिनेटमा कुरासाओका रिचेड्ली वीओरले डिबक्स एरियामा फाउल गरेपछि रेफ्रीले जर्मनीलाई पेनाल्टीको मौका दिए ।

    उक्त मौकाको सदुपयोग गर्दै काइ हार्भेजले गोल थपे । दोस्रो हाफमा जामल मोसियाले गोल गर्दै खेललाई ४-१ को स्थितिमा पुर्‍याए । ६७ औँ मिनेटमा जर्मनीका नाथानियल ब्राउनले गोल थप गरेपछि खेल ५-१ को स्थितिमा पुग्यो ।

    ७७ औँ मिनेटमा डेनिज उम्दाले गोल गरेपछि स्थिति ६-१ मा पुगेको हो । ८७ औँ मिनेटमा काइ हार्भजले गोल गर्दा खेल ७-१ मा पुग्यो जितसँगै जर्मनीले तीन अंक पाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij