Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसमा ससुराली खलकलाई फलिफाप !


  • शुक्रबार, जेष्ठ २२ २०८३

  • कांग्रेसमा ससुराली खलकलाई फलिफाप !

    काठमाडौ – नेपाली कांग्रेसका सभापति गगन थापालाई नातावादको आरोप लागेको छ । पार्टीमा परिबारवाद र नातावाद विरुद्ध आवाज उठाउँदै विशेष महाधिवेशनबाट आफुलाई सभापति घोषित गरेका थापाले पछिल्लो पटक नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा आफ्ना कान्छा ससुरा धनन्जय नरशिंह केसीलाई सभापति मनोनित गरे पछि उनी नाताबादमा फसेको आरोप लागेको हो । हुन त उनले ससुरा अर्जुन नरशिंह केसीलाई समानुपातिक सांसद बनाएको आरोप खेप्दै आएका छन । यद्यपी केसी पार्टीको बरिष्ठ नेतामै पर्दछन् । उनी आफै सामानुपातिक सांसद बन्ने सहज हैसियत राख्दछन् ।
    थापाले माइला ससुरा जगदिश्वर नरशिंह केसीलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनाएका थिए । विशेष महाधिवेशनमा जगदिश्वर हर्ताकर्ता थिए भने अहिले पनि पार्टीका विभागमा सक्रिय छन । सभापति थापाकै कारण उनी पार्टीमा प्रभावशाली मानिदै आएका छन ।
    अर्को ससुरा डा.केदार नरशिंह केसी विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन । विशेष महाधिवेशनमा निर्वाचन नभई सभापति थापाले तयार पारेको सुचिलाई केन्द्रीय समिति घोषणा गरिएकाले डा. केसीलाई थापाले नै केन्द्रीय सदस्य बनाएको स्पष्ट छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij