काठमाडौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसंगको सम्बन्ध थप उचाइमा पुऱ्याईने बताएका छ्न । भारत भ्रमणमा रहेका रास्वपा अध्यक्ष रबि लामिछाने संगको भेटमा मोदीले भने -हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं।
मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष लामिछानेलाई भेट्न पाउँदा खुसी व्यक्त गर्दै साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु भनेका छन् ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
