काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्ति विरुद्ध प्रदशनमा उत्रिएका आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गरेको छ ।
नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको अत्यन्तै संवेदनशील विषय “सीमा समस्या” का सम्बन्धमा हिजो प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसद्को रोष्टममा उभिएर दिनुभएको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति विरुद्ध सिंहदरवारको दक्षिण गेटमा आज शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी नेताहरू राजकुमार बस्नेत, अुर्जन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।
शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकार माथि ठाडो उल्लंघन गर्दै विद्यार्थी नेताहरुलाई गिरफ्तार गर्नु अत्यन्त निन्दनीय घटनाको रुपमा नेपाली कांग्रेसले लिएको छ । गिरफ्तार भएका विद्यार्थी नेताहरुलाई अविलम्व रिहाई गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ । कांग्रेसद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
