काठमाडौं -इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नीसमेत रहेकी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने जवाफ पठाएको छ । आवश्यक सर्त नपुगेको भन्दै इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको हो ।
देउवा कहिले फकिन्छ स्वदेश ?
पूर्वप्रधानमन्त्री देउवाले स्वदेश फर्किएर आरोप फेस गर्ने मनस्थिति बनाएका छ । देउवासंग नियमित सम्पर्कमा रहेका उनी निकट नेताका अनुसार फर्किने मिति टुङ्गो नलागे पनि अव छिट्टै स्वदेश फर्किएर फेस गर्ने विषयमा छलफल भइरहेको बताए । उनी निकट नेताहरुले पनि देउवालाई स्वदेश फर्किएर आरोपको सामना गर्न सुझाव दिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
