Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस एकताका लागी खड्‌काको चार वटा कडा सर्त, के कांग्रेस फुट्‌दै छ ?


  • मंगलबार, बैशाख १५ २०८३

  • कांग्रेस एकताका लागी खड्‌काको चार वटा कडा सर्त, के कांग्रेस फुट्‌दै छ ?

    काठमाडौं – नेपाली कांग्रेसको देउवा – खड्‌का समूहले पार्टी एकताको लागी चार वटा कडा सर्त अघि सारेको छ । मंगलवार बसेको उक्त समूहको बैठकमा नेता पूर्ण बहादुर खड्काले विशेष महाधिवेशनवाट आएको कार्य समिति र १४ औं महाधिवेशनबाट आएको कार्यसमिति एउटै बनाउँनु पर्ने, दुवै पक्षलाई समेटेर महाधिवेशन आयोजक समिति बनाउँछु पर्ने, निर्वाचन समिति र क्रियाशिल निर्वाचन समिति र क्रियाशिल सदस्यता छानविन समितिमा दुवै पक्षलाई समेट्नु पर्ने सर्त राखेका छन । जुन सर्त सजिलै स्वीकार्ने खालका छैनन् ।

    खड्‌काले उक्त सर्तहरू पार्टी एकताका लागीभएको वताएका हुन् । उनले पार्टी एकता जोगाउँने जिम्मा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको भएको समेत भेलामा बताए । खड्‌काले पार्टीको अहिलेका दुर्गति विशेष महाधिवेशन कै कारण भएको बताए । पार्टीको यो अवस्थाका मुख्य दोषी पनि विशेष महाधिवेशनको अगुवाइ गर्नेहरू नै रहेको आरोप लगाए । उनले पार्टी एक भएर चुनावमा गएको भए ७० सिट सम्म जित्न सकिने विश्लेषण सुनाए ।

    खड्‌काको सर्त र भनाइले उक्त समूह आवश्यक परे पार्टी विभाज गर्न समेत तयार हुँदै गएको देखाउँछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij