Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्न्तघात गर्नेलाई कांग्रेसले कारवाही गर्ने


  • बुधबार, चैत्र १८ २०८२

  • अर्न्तघात गर्नेलाई कांग्रेसले कारवाही गर्ने

    काठमाडौं – नेपाली कांग्रेसको अनुशासन समितिले निर्वाचनमा सहयोग नगर्ने नेता तथा कार्यकतालाई कारवाही गर्ने भएको छ । बुधवार बसेको बैठकको निर्णय यस्तो छ :

    नेपाली कांग्रेस
    केन्द्रीय अनुशासन समिति
    चैत्र १८, २०८२

    प्रेस विज्ञप्ति
    नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठक समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा वस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।
    निर्णयहरु :
    १. २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी विभिन्न जिल्ला र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा हालसम्म ५०७ जना व्यक्तिको विरुद्ध दिनु भएको उजुरीहरुलाई तपशील बमोजिम वर्गीकरण गरी अविलम्व टुंगोमा पु¥याउने निर्णय गर्दछ ।
    तपशील
    (क) निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक वसेका ।
    (ख) निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका ।
    (ग) पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रुपमा विपक्षीलाई टेवा पु¥याएका ।
    (घ) निर्वाचनमा नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका ।
    (ङ) नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका ।
    २. छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ (सात) दिनभित्र स्पष्टिकरण (सफाई) माग गर्ने निर्णय गर्दछ ।
    ३. विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ । साथै, अव उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि वढाउने निर्णय गर्दछ ।
    ४. प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गर्दछ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही गरिने छैन ।

    जय नेपाल !
    दिनेश थापा मगर
    सचिव

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij