Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेन नेतृत्वको राम्रो कार्यलाई समर्थन गरौं


  • सोमबार, चैत्र १६ २०८२

  • बालेन नेतृत्वको राम्रो कार्यलाई समर्थन गरौं

    आर के त्रिपाठी

    बालेन नेतृत्वको सरकारको भ्रष्टचार र अकुत संपती छानबिन गरि शुद्धिकरण गर्ने उच्च कार्यको विरोध गर्नेहरु कांग्रेस होइनन्/

     

    भ्रष्टाचार नियन्त्रण र शुषासनको लागी बालेन नेतृत्वको सरकारलाई देशप्रेमी र देशभक्त संपूर्ण कांग्रेसले सहयोग गरौं/लोकतन्त्रबादी कांग्रेस हौं भने कांग्रेस भएरै पनि राम्रो कार्यलाई समर्थन गरौं/

    हिजो हामी सरकारमा हुँदा बिभिन्न नामबाट आर्जन भएको अकुत संपत्ति छानविन र शुद्धिकरण गर्न डराएकै हो। किनकी राज्यको चोरी हामीवाटै भएको थियो र हामीले छानबिन गर्न खुट्टा कमाएकै हो।

     

    म कांग्रेस हुँ तर दास र लास होइन/मैले राम्रो र नराम्रो छुट्टाउन सक्नु पर्दछ/कालो र सेतो छुट्टाउन सक्नु पर्दछ।त्यसैले म कांग्रेस हो।

     

    बालेन शाहाको नेतृत्वको सरकारले अघि बढाएको १०० बुँधाको शुशाषनको खाका लागी स्वागत गर्दछु/

     

    एउटा प्रधानमन्त्रीले चाहँदा नेपालमा भ्रष्टाचार अनुसन्धान र राज्य द्रोह गरी राज्यकै आडमा कमाईएको अकुत संपती छानबिन गर्ने कार्य शुभारम्भ हुन सक्दो रहेछ र दोषीलाई अदालतमा पेश गर्न सकिने रहेछ भन्ने शुभ संकेत देखिन्छ/

    बालेन नेतृत्वको सरकारले अघि बढाएको कार्य सर्वत्र प्रशंशा योग्य र स्वागत योग्य छ/

     

    कांग्रेसका जो भ्रष्ट छन,उनैले बालेन नेतृत्वको सरकारले शुरुवात गरेको राम्रो कार्यको प्रतिकार वा विरोध गर्दछौं भन्दै रोडमा उत्रन उर्दि जारि गरेछन्/अब सबै बिबेकी भईसके/ तिमीहरुले गरेको भ्रष्टाचार र अकुत सम्पती जोगाईदिन अब कोही नेपाली कांग्रेस पार्टी कार्यकर्ता सरकारको विरोध गर्न रोडमा आउने वाला छैन/अब कांग्रेसका कार्यकर्ता कोही लाटो हुँदैनन्/तिमीहरुको घरवार बनाईदिन,महल जोडिदिन, अलिसन विलाशी जिन्दगी भराई दिन हाम्रो परिवारको कांग्रेस कांग्रेस भन्दै जिवन वित्यो/अब उप्रान्त कोही झुक्कने वाला छैन/

    बालेन नेतृत्वको सरकारले गरेको राम्रो कार्यको स्वागत गर्ने हो। समर्थन गर्ने हो।सहयोग गर्ने हो। बालेन नेतृत्वको सरकारले जनहित विपरित काम गरे कांग्रेस भएरै बिरोध गर्ने हो।

     

    यदि हामी स्वर्गीय वि.पी कोइरालाले स्थापना गरेको पार्टीको सच्चा कार्यकर्ता हौं भने बालेन नेतृत्वको सरकारले शुरु गरेको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यको प्रशंशा गरौं।एमालेको स्थाल हुईयाँमा नलागौं/ अनुसन्धान हुन्छ/अदालमा पेश हुन्छ/अदालतले स्वतन्त्र न्याय र निर्णय दिन्छ/ढुक्क होऔं/

     

    नेता हुन् वा साधारण व्यक्ति?धनि वा गरिब?ठूला हुन् वा साना?हाम्रा हुन् वा अर्काका?राज्य कानुनको सामु सवै बराबर/

     

    कोहि रोईकराई गर्न जरुरी छैन/ संसारभर लोकतान्त्रिक सरकारको अपराध अनुसन्धान गर्ने निकायले व्यक्ति वा संस्थाले वा दायित्व लिने व्यक्तिले गरेको अपराध अनुसन्धान गर्न व्यक्तिलाई कानुनकै परिधि भित्र रहेर पकाउ पूर्जी जारी गर्न सक्छ। यो प्रचलन नेपाल मात्रै होईन, संसार भर नै देखिन्छ/अनुसन्धान नै अपराध करार होईन/प्रहरिले अपराध अनुसन्धान गरि जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यलय मार्फत नेपाल सरकार महान्यायधिबत्ताको कार्यलय मार्फत अदालतमा अभियोजन पेश वा दर्ता गर्न सक्छ/

    प्रहरी अनुसन्धानले अपराधी करार गरेको व्यक्तिले संवन्धित अदालतमा पक्ष विपक्षमा उभियर प्रमाण पेश गर्दै सफाई लिन कोशिष गर्ने छुट दिएकै छ। कानुनी राज्यमा अन्तीम निर्णय त अदालतकै हुनेछ/

    हामीले को व्यक्ति माथी अपराध अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भयो?भन्ने भन्दा विधी र कानुनी राज्य स्थापना गर्न तिर लाग्नु पर्दछ/

     

    नेपालमा अन्य पार्टी के गर्दछन्? मलाई थाहा भएन तर कांग्रेस पार्टीले कानुनी राज्य र विधिको शाषन स्थापना गर्न सरकारको अनुसन्धान निकायलाई सहयोग गर्नु पर्दछ।कांग्रेसले आफ्नो,अर्को नभनि यति मात्रै गर्न सके पनि दिगो लोकतन्त्र संस्थागत गर्न, विधि र पद्धती बसाल्न सहयोगै हुनेछ/

     

    सरकारले प्रतिशोध गर्न लाग्यो, मान्दैनौ,प्रतिरोध गर्दछौ,सडक तताउँछौ भन्ने स्याल हुईंयाको अर्थ छैन/नेता हुन् वा साधारण व्यक्ति? धनि वा गरिब?ठूला हुन् वा साना? हाम्रा हुन् वा अर्काका?राज्य कानुनको सामु सवै बराबर/

     

    लोकतन्त्रमा र विधिको शाषनमा ठूला बडा लाई अपराध अनुसन्धान गर्न नपाईने र सानालाई मात्रै गर्न पाईने भन्ने हुन्छ र ?

     

    एमाले त मूर्ख र स्याल हुईयाँमा लागे लागे? कांग्रेस पनि उनै एमालेको पुच्छर समात्दै स्याल हुईयाँ ?

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij