काठमाडौ – प्रधानमन्त्री बलेन्द्र शाहलाई तिब्बति निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले बधाई दिएका छ । भारत निर्वासनमा रहेका नेता सिक्योड ले पहिलो पटक नेपालको प्रधानमन्त्रीलाई बधाई दिएका हुन । यस अघि यस्तो परम्परा थिएन । बधाई सन्देशमा भनिएको छ :
‘नेपाल र तिब्बतबीच पुस्तौँदेखि कायम रहेका गहिरा ऐतिहासिक र आध्यात्मिक सम्बन्ध छन् । तिब्बतको जबरजस्ती अधिग्रहणपछि शरण लिएर नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक संरचनामा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्, जसले यी सम्बन्धहरूलाई अझ मजबुत बनाएको छ । यो सबै नेपाल सरकार र नेपाली जनताको उदारताका कारण सम्भव भएको हो, जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
