Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेनजी, बाचा पुरा गर्नुहोला !


  • आइतबार, चैत्र ८ २०८२

  • बालेनजी, बाचा पुरा गर्नुहोला !

     ✒️आर के त्रिपाठी

    अब बालेन शाह नेपालको प्रधानमन्त्री बन्नेछन्। बालेन जी, राम्रो गर्नुहोला। सबै ठीकठाक होस्।शुभकामना छ।आशा छ,राम्रोको। यसै पनि आशा नराम्रोको गरिँदैन।

    बालेनजी,
    मैले तपाईंका गुणहरूमाथि तुलनात्मक रूपमा उठाएका प्रश्नहरू गलत साबित होऊन्। शंकाको सुविधा छ।
    जुन दिन तपाईं प्रधानमन्त्रीको शपथ लिनुहुनेछ,अहिलेलाई यत्ति ख्याल गर्नुहोला,देश र राजनीति भनेको एक दिनको खेल होइन/ज्ञान,अनुभव,अभ्यास र त्यसको निरन्तरता हो।

    बालेन जी,
    आज यो लेख लेखिरहँदा एक जना मित्रले लेखेको बाक्यांस सापटी लिएर तपाईलाई पुःन स्मरण गराउन चाहन्छु/मेरो टेबलमा एउटा पुस्तक छ,शीर्षक छ–द फोर्टी एटलज अफ पावर/तपाईंले यो पुस्तक पहिल्यै पढिसक्नु भएको छ वा यो पढेको कोही मान्छे तपाईंको संगतमा छ।अठ्चालीस शीर्षकमध्ये चालीस भन्दा बढी शीर्षक ठ्याक्कै तपाईंका शैली र व्यवहारसँग मिल्छन्।त्यही पुस्तकका लेखक रोबर्ट ग्रिनको एउटा वाक्यबाट यो लेख टुंग्याउन चाहन्छु–आफूलाई कहिल्यै पनि स्थायी नठान्नुस्,ठान्नुस् तरल पदार्थ वा पानी जस्तै,जसको कुनै खास आकार हुँदैन।सबै कुरा परिवर्तनीय छन्/

    बालेन शाहा र रास्वपाका साथिहरु,
    अब दोष कसैलाई थोपरेर उम्किने ठाउँ छैन/निर्वाचनको पछिल्लो परिणामले हामी सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ/ अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ। जनविश्वासको कारणलाई इमानदारीपूर्वक स्वीकार गरेर त्यसबाट पाठ सिक्न सके मात्र अघि बढ्न सक्छ।आफ्ना गल्तीहरू सच्याउने साहस,नेतृत्वको शैलीमा परिवर्तन र कार्य पद्धतिमा सुधार गर्न सके हामीले जनताको भरोसा जित्न सक्छौं/शानदार नतिजाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र विजेताहरूलाई बधाई!

    जनतका अगाडी चुनाबको बेला जे जे गर्छु भनेर भोट माग्नु भयो,ति तमाम बोलेका बाचा र विषयहरु पूर्ण गर्न तिर लाग्नु होला।बोल्ने एउटा,गर्ने अर्को गरि सोझा जनता झुक्याउने र अर्को आवाधिक चुनाब सम्ममा उनै प्रचण्ड,के.पी वली र देउवाजीले बेहोर्नु परेको पूर्ण असफलता जस्तै पुःन असफल नहुने गरि जनहितको कार्य गर्नु होला। जनताले तपाई रास्वपालाई घरको समेत सवै निखारेर दिन सम्म दिय/अब भविष्यमा जनतालाई तपाईंहरुले दिन सक्नु पर्दछ।शाषकिय असफलताको पुरानै रोग नदोहऱ्याउनु होला।यस्तो दुई तिहाई बहुमत अरु 200 बर्षमा पनि नआउन सक्छ।राष्ट्रिय एकता कायम गर्न र नमिलेका विषय मिलाउन संविधान संसोधन गरि अघि बढ्नु होला।तपाईंहरु पनि असफल हुनु भयो भने अब अर्को आन्दोलन हुनेछ।देशले अब भविष्यमा पटक पटक असफलताको,निराशाको आन्दोलन,हिंसा काटमार र धनजनको क्षती बेहोर्न सक्दैन।हेक्का राख्नु होला।सुनौलो मौका आएको छ।नविग्रनु होला।हार्दिक बधाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई /

    निर्वाचन परिणाम पछि मन दुखाएका शेखर कोइराला दाजु,गगन थापा जी,गुरुराज घिमिरे जी,कांग्रेसका कांग्रेसका साथिहरु,

    राज्यको संवैधानिक आयोग,निर्वाचन आयोग,सर्वोच्च अदालतको निर्णय हामिले मान्नु पर्दछ,विरोध गर्न मिल्दैन।चित्त नबुझे अपिल गर्न चाहिं अधिकार हुन्छ।लामो समय देखी पद्धती बसाल्न,कायम राख्न हामीले नै बोलिरहेका हौं।युद्ध हुन्छ,घटना परिणाम नयाँ उत्पन्न हुन्छ/मध्यमार्गीले संवाद शुरु गर्दछन्,अब कसरि जाने भनेर।युद्ध रोक्न पुःन नयाँ संझौता हुन्छ।संझौता तोडिय पुःन युद्ध शुरू हुन्छ।पुःन नयाँ घटना आउँछ।युद्ध रोक्न रोक्न मध्यमार्गीले पुःन बार्ता गर्दछन्। युद्ध विराम गर्दछन्।कुनै युद्ध विराम केहि महिनाको लागी युद्ध रोक्न अल्पकालीन संझौता गरिन्छ।कुनै संझौता दिर्घकालिन युद्ध रोक्न गरिन्छ/लोकतान्त्रिक अभ्यास गर्दा नितिगत,बैचारिक र सैद्धान्तिक हार जित भईरहन्छ/यसलाई स्वभाविक मान्नु पर्दछ।हामिले संस्कार बसाल्ने हो।पद्धती बसाल्ने हो/

    देउवा गए,गगन थापा आए,गगन पनि एक दिन जान्छन्,डा शेखर आउनु हुन्छ,फेरी विश्व प्रकाश आउलान्,विश्व प्रकाश जान्छन्, गुरु घिमिरे आउँछन्/यो त लोकतन्त्रमा भईरहन्छ/हामीले नेता आए,नेता गए,नेता जिते,नेता हारे भन्ने विषयमा ध्यान दिनु हुँदैन।हामीले लोकतान्त्रिक निती र पद्धती हाऱ्यो वा जित्यो?त्यता तर्फ ध्यान दिने हो।

    अब कांग्रेस एकबद्ध भएर जानु पर्दछ/अझै पनि झगडा गरि मुद्दा मामिला गर्दा देशलाई घाटा हुन्छ/
    स्थानिय र प्रदेशको चुनाब ६ महिनानै आउने वाला छ।कांग्रेसको बहुमत कांग्रेस एकता पछि मात्र प्राप्त हुन्छ।हाम्रै विवादले कांग्रेस कमजोर भएको हो।कांग्रेस कमजोर भएकोले देशको यो नाजुक अवस्था आएको हो।अब सोचौं।एक बनौं/मुल नेतृत्व हाम्रै साथीहरुकोमा पुगेको छ/लामो विवाद करिब अन्त्य भयो/समग्र कांग्रेस र चारतारे झन्डा त छोड्न सक्दैनौं/
    भर्खर भएको चुनाबको नतिजावाट कांग्रेसले चेत खाएर अब बृहत एकताको साथ पुन प्रदेश र स्थानिय तहमा जित हाँसिल गर्न अघि बढ्नु पर्दछ/ गगन थापाले कांग्रेसलाई बहुमत दिलाउन डा शेखर कोइराला र देउवालाई संगै लिएर हिड्न सक्नु पर्दछ/देउवा जी को मुख्याईले हानी गऱ्यो भन्ने साथीहरुको तर्कलाई केहि हद निर्वाचन आयोगको पछिल्लो निर्णयले मार्ग प्रसस्त गरेको देखिन्छ/कांग्रेस भित्र मात्रै हामी जितें भन्दै हुँकार,हर्ष बढाई गर्न जरुरी छैन/कांग्रेस भित्र मात्रै महाभारत जितियो भन्दै ठूलै हर्ष बढाई,अबिर जात्राले कांग्रेसलाई खाला/हाम्रा अगाडी तमाम समस्या छन्/

    यहाँ डा शेखर कोइराला,गगन थापा,गुरुराज घिमिरे जी हरुको हार,जितको सवाल थिएन।हुन पनि हुँदैन/म आमाको गर्भमा हैन,मेरो आमा हजुरआमाको गर्भमा रहँदा कोइराला परिवारका संपूर्ण सदस्यहरु निरंकुश राणा विरुद्ध धावा बोल्दै थिए/जेलमा राख्यो।पंचायतले यो सारा कोइराला परिवारको सर्वस्वहरण गऱ्यो।संपती खोस्यो/निर्वासन पठायो।निर्वासनमा पनि दुःखै दियो/यहाँ परिवारको चर्चा गरेको होइन।कालरात्रीको दिनको स्मरण गरेको हो।

    देउवा जीलाई फाल्गुण २१ को चुनाबमा संगै लिएर नजाँदा ६ हप्ता पछि हुने चुनाबमा कांग्रेसको बहुमत नआउने अवस्था र चुनाबको मुखैमा शेरबहादुर देउवा विरुद्ध नेतृत्व परिवर्तनको लागी भृकुटीमण्डपमा धावा बोल्दा कांग्रेस भित्र बृहत एकता भड्कने र फाल्गुण २१ को चुनाबमा व्यापक हार हुने डरले गर्दा डा शेखर कोइरालाले फाल्गुण २१ को चुनाबसम्म कांग्रेसलाई बहुमत जिताउन आन्तरिक विबाद धेरै नगरौं भन्दै मध्यमार्गी मात्रै बन्नु भएको थियो।यो लाइन ध्रुव सत्य थियो तर डा शेखर कोइरालाको यो लाइनलाई साथिहरुले सुन्नु भएन।परिणाम उल्टो आयो/एउटा भोटोले सवै माघको जाडो जाँदैन।नयाँ परिस्थिती निर्माण भयो।सबै जित्ने,कोही नहार्ने पद्धती अनुसरण गर्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो।

    जहाँ सम्म म कट्टर समर्थकको बुझाईमा डा शेखर कोइरालाले खासै महत्वकांक्षा र लोभ गरेको देखेको छैन/साथीहरुले मेरो Inbox मा धेरै Message पठाउनु भएको हेरें।मेरो निवेदन के छ भने यहाँ सवाल डा शेखर कोइरालाको होइन,अब कांग्रेसलाई प्रदेश र स्थानिय तहमा जित हाँसिल गर्न,चुनाब जिताउन कसरि ऐकेवद्ध बनाउने भन्ने हो।

    फेरि पनि भन्दछु,गगन पक्ष,देउवा पक्ष र कोइराला पक्ष सवैको जित हुने गरी अघि बढ्दा प्रदेश र स्थानिय तह चुनाबमा जित हाँसिल गर्न सकिनेछ/
    गगन थापालाई मेरो सल्लाह के छ भने गगन थापा जि ले मेरो वा हाम्रो पक्षको ठूलो जित भयो भन्दै उनै शेर बहादुर देउवा हिडेको बाटो समात्नु हुँदैन/म परिवारको कुरा गरि रहेको छैन तर पनि लेख्दछु कि छिमेकी भारतमा ५ पटक मूख्य मन्त्री भएका नितिश कुमारले राम्रो गर्दा गर्दै पनि नितिश कुमारको अपरिहार्यता भन्दा गान्धी परिवार प्रती अझै सम्मान,विश्वास राख्दै संवृद्ध भारतको संकल्प र सपना पूर्ण गर्न आशा भरोसा गरिन्छ।नेपालमा कोइराला परिवारलाई शाषनमा रोके पनि संगै लिएर हिँड्दा चाहिं राजनैतिक स्थायित्व र भरोस महशुष हुनेछ/विद्वानहरुले विगत बाट सिक्छन्/पटमूर्खहरुले विगतको गल्ती दोहऱ्याई रहन्छन्।

    शेखर कोइराला दाजु,गगन थापा जी,गुरुराज घिमिरे जीहरु,

    तपाईहरु राजनितिमा मेरो लागी आदर्श नेता हो/तपाईहरुलाई राजनितीबाट अलग राखेर मैले हेर्दा तपाईहरु मेरो मन भित्र सदैब आत्मीय,आदर साथ रहि रहने आदर्शबान मानिस हो।तपाईहरु प्रतिको मेरो आदर,प्रेम चुनाब हार जितसंग जोडिएको छैन/

    म बुझ्दछु समुन्द्रमा सुनामी आयो।हामी सवैको घर बढारिदियो/तपाईहरुलाई मन दुखेको छ।मन पोलेको छ।म लण्डनमा स्तब्ध र दुःखी छु/यो हुनु नै थियो।हाम्रो देश सतिले श्राप दिएको देश हो।यहाँ परापूर्व काल देखि व्यक्तिले खासै न्याय पाएका छैनन्/तपाईहरु अन्यायमा पर्नु भयो।सुनामीको थिचोमिचोमा पर्नु भयो।सुनामी आयो।घर बगायो/मान्छे बगायो/धनजनको क्षती भयो।सुनामी जान्छ/समुन्द्रको किनारको संरचना समय वित्दै जाँदा पु:न निर्माण हुन्छ।सुन्दर सहर बन्छ/२०६४ मा लज्जास्पद हारेको के.पी वली पछि समय वित्दै जाँदा प्रधानमन्त्री भए/२०४६ मा जनताले लखेटेका पञ्चायतका लोकेन्द्र बहादुर चन्द,सुर्य बहादुर थापा पुःन प्रधानमन्त्री भए। दुई क्षेत्रवाट २०६४ मा चुनाब हारेका माधब नेपाल हारे लगत्तै प्रधानमन्त्री भए।भुकम्प आयो।अग्ला घर ढल्यो।समय बित्दै गयो/अग्गा घर ढलेको उनै मान्छेले भुकम्प भुले/झनै अग्ला घर उनै घर ढल्नेले पुःन बनाए/

    ६ महिना अघिको Gen Z आन्दोलन ओली,शेर बहादुरले र धेरैले भुले/पुःन रैबैया चलाय/
    संयमता राखि नचल्दा नेपालमा रबि लामिछानेको पार्टीले दुई तिहाई जिते पनि तुरुन्त गर्न सकिने केहि छैन।केहि महिनामै असन्तुष्टी चुलिने वाला छ/समस्या जहींका त्यहीं छन्।तपाईहरु मन नदुखाउनु होला/नयाँ घटना,परिस्थिती निर्माण हुन्छ/तपाईहरुलाई अन्याय भएको छ/न्याय प्राप्त हुने दिन आउँछ/राजनितीबाट विदा लिए भनरे अरु २-४ बर्ष नभन्नु होला।नयाँ घटनाक्रम परिस्थिती आउँछ।नयाँ ढङ्गले खेलौंला/निर्वाचनको परिणामबाट विचलित नहुन मेरो आग्रह छ।राजनीति यात्रामा उतारचढाव आइरहन्छ/यो चुनाबको नतिजा र भोट तपाईहरुलाई तपाईहरुले गरेको गल्तीको कारण नदिएको होइनन्/यो त परापूर्व कालदेखी किरातकाल,लिच्छबीकाल,
    मकवानपुरे,भादगाउँले,सेन,
    पाल्पाली,पोखरेली,
    शाहाकाल,राणाकाल,पञ्चायत र ३५ बर्ष देखिको शाषनको बेतिथी,भद्रगोल,
    जनआक्रोश,असफलता पोखिएको हो।किनकी जनतासंग परिवर्तन चाहियो भन्दै कुरा कुरा सुनाउने विकल्पै नभएर भोट अन्तै खन्याए/तपाईंहरुको चुनाबमा हार तपाईहरुको कारणले भएकै हैन।

    म Summer मा लण्डनमा बोलाउँछु।Highlight गराउँछु।यूरोप भ्रमण बनाउँला।म बल दिन्छु/तपाईको बेदनामा दुःखका साथ दिन चाहन्छु/म तपाईबाट भग्दिन/मेरो दुबै छोरीहरु लण्डनमा अब काम गर्न सुरु गरे/म लण्डनमा हिजो भन्दा आज बलियो र सहज अवस्थामा छु।बेलायतका नेता,सांसद,मन्त्रीहरु संग संबन्ध विस्तार गर्दै प्रगाढ बनाएको छु/तपाईंहरुको दुःखमा,चिन्तामा म साथ दिन चाहन्छु/म मेरो Capacity ले भ्याए सम्य तपाईहरुलाई जिवनभर साथ दिनेछु/

    एक जना मेरा मित्रका दुई जना छोराहरु २४ बर्षको लण्डनमा Stabbing मा परेर मारिए/त्यसको २ वर्षमा अर्को २६ बर्षको छोरा Switzerland मा Car Crash मा परेर मरे/यो बेदना २२ बर्ष अघिको हो तर पनि मेरा मित्रका बाँचेर,हाँसेर हिडेका छन् भने यो त राजनिती हो।फूटवल खेल हो।हार जित भई रहन्छ/नयाँ नयाँ घटना आई रहन्छ/नयाँ नयाँ घटनामा खेल्ने हो।

    म लण्डनको कार्यक्रम राख्छु/केहि हप्ता Peace of Mind को लागी Scotland को हिमालको छेउमा गएर मन समालौंला।म लण्डनका तपाईंहरुको बेदनामा दुःखी छु।तपाईं संगै छु।म तपाईहरुलाई आदर,प्रेम गर्दछु।राजनितीबाट अलग भएँ नभन्नु होला।

    डा शेखर कोइराला दाजु,

    मेरा लागी कोइराला परिवार गान्धी परिवार जस्तै हो।तपाईंको सक्रियता आवाज अझै केहि बर्ष अपरिहार्य छ।गगन थापा र डा शेखर कोइरालालाई साथै हिँडाएर निर्वाचनमा भएको क्षती पुःन परिपूर्ती गर्नु पर्नेछ/मेरो हजुरबुबाले काठमाण्डौ नदेखी स्वर्गवास हुनु भयो तर म नाती आर के त्रिपाठीले ४२ देश घुमें देखें।समय नआई केहि प्राप्त नहुँदो रहेछ/धैर्यता लिनु होला/

    कांग्रेसका केहि राम्रा नेताहरुलाई जनताले भोट दिंदा अन्याय गरे। थियोमिचो गरे।डा शेखर कोइराला,गगन थापा गुरु घिमिरेहरु जस्ता सदैब Track Record राम्रो भएको धेरै कांग्रेस नेताहरुलाई जनताले अन्याय गरे/कोपभाजनमा पर्नु भयो।रणनितीक रडारको सेकाईमा पर्नु भयो/राजनितिमा मेरो लागी कांग्रेस आदर्श पार्टी हो/कांग्रेस पार्टीलाई भविष्यमा बलियो बनाउने कार्यमा मेरो मन भित्र सदैब आत्मीय साथ रहि रहने छ/कांग्रेस प्रतिको मेरो प्रेम चुनाब हार,जितसंग जोडिएको छैन/

    म बुझ्दछु,समुन्द्रमा सुनामी आयो।हामी सवैको घर बढारिदियो/कांग्रेस पार्टीका कार्यकताहरु लाई मन दुखेको छ।मन पोलेको छ।म लण्डनमा स्तब्ध छु/यो हुनु नै थियो।हाम्रो देश सतिले श्राप दिएको देश हो।यहाँ परापूर्व काल देखि व्यक्तिले खासै न्याय पाएका छैनन्/

    डा शेखर कोइराला,गगन थापा,गुरु घिमिरे जस्ता धेरै कांग्रेस नेताहरु,जसले जिवनभर शुषासन,बेतिथी,अन्त्य र भष्टाचार विरोधी नारा उठाई रहे,सादगी जीवन शैली विताए,Gen Z को माग बोकेर हिंडे,सरकारमा कहिल्यै गएनन्,उनै सादगी नेताहरु अन्यायमा पर्नु भयो।सुनामीको थिचोमिचोमा पर्नु भयो।सुनामी आयो।सुनामीले राम्रो,नराम्रो नहेरी सवैलाई किनारामा हुत्याइदियो।बगाई दियो/समुन्द्रको छालवाट आउने सुनामीले त यस्तो गर्ने नै भयो/तर विवेकी जनताको मनमा उत्पन्न हुने सुनामी पनि पापी र छलकपटी हुने रहेछ/राम्रो,नराम्रो छुट्टाउन नसक्ने अविवेकी हुँदो रहेछ/घर बगायो/मान्छे बगायो/धनजनको क्षती भयो।सुनामी गयो/समुन्द्रको किनारको संरचना समय वित्दै जाँदा पु:न निर्माण हुन्छ।सुन्दर सहर बन्छ/

    २०६४ मा लज्जास्पद हारेको के.पी वली पछि समय वित्दै जाँदा प्रधानमन्त्री भए/२०४६ मा जनताले लखेटेका पञ्चायतका लोकेन्द्र बहादुर चन्द,सुर्य बहादुर थापा पुःन प्रधानमन्त्री भए।दुई क्षेत्रवाट २०६४ मा चुनाब हारेका माधब नेपाल हारे लगत्तै प्रधानमन्त्री भए।भुकम्प आयो। अग्ला घर ढल्यो।समय बित्दै गयो/अग्गा घर ढलेको उनै मान्छेले भुकम्प भुले/झनै अग्ला घर उनै घर ढल्नेले पुःन बनाए/६ महिना अघिको Gen Z आन्दोलन धेरैले भुले/पुःन रैबैया चलाय/

    नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई जिते पनि अहंकार,दम्भ,घमण्ड देखाई हिजो यो गर्छु,त्यो गर्छु भन्दै बोलेको बाचा भुलेर पुःन उनै के.पी वली पथ दोहऱ्याए,आफ्नालाई मात्रै पोसे,हिजो बोलेको भ्रष्टाचार छानविन नगरे,कानुन विपरित कमाएका अकुत संपती छानविन नगरे,जनतालाई ढाँटे,हिजो भन्दा भिन्न नदेखाए केहि महिनामै असन्तुष्टी चुलिने वाला छ/समस्या जहींका त्यहीं छन्।

    कांग्रेस पार्टीका कार्यकताहरु,
    तपाई मन नदुखाउनु होला/नयाँ घटना,परिस्थिती निर्माण हुन्छ/तपाईलाई अन्याय भएको छ/न्याय प्राप्त हुने दिन आउँछ/नयाँ घटनाक्रम परिस्थिती आउँछ।नयाँ ढङ्गले खेलौंला/निर्वाचनको परिणामबाट विचलित नहुन मेरो आग्रह छ।राजनीति यात्रामा उतारचढाव आइरहन्छ/यो चुनाबको नतिजा र भोट तपाईलाई तपाईले गरेको गल्तीको कारण नदिएको होइनन्/यो त परापूर्व कालदेखी किरातकाल, लिच्छबीकाल,
    मकवानपुरे,भादगाउँले,सेन,
    पाल्पाली,पोखरेली,
    शाहाकाल,
    राणाकाल,पञ्चायतकाल र ३५ बर्ष देखिको शाषनको बेतिथी,भद्रगोल,
    जनआक्रोश,असफलता पोखिएको हो।किनकी जनतासंग परिवर्तन चाहियो भन्दै कुरा कुरा सुनाउने विकल्पै नभएर भोट अन्तै खन्याए/यो त राजनिती हो।फूटवल खेल हो।हार जित भई रहन्छ/नयाँ नयाँ घटना आई रहन्छ/मेरो हजुरबुबाले काठमाण्डौ नदेखी स्वर्गवास हुनु भयो तर म नाती आर के त्रिपाठीले ४२ देश घुमें देखें।समय नआई केहि प्राप्त नहुँदो रहेछ/

    भारतमा इन्दिरा गान्धीले त्यसैगरी हार्नुभएको थियो,पछि जित्नुभयो।नेपालका परिपक्व भएका नेतालाई जनताले बिर्सिँदैनन्।आज एउटा लहर आएको हो,भोलि अर्को आउन पनि सक्छ।अब दोष कसैलाई थोपरेर उम्किने ठाउँ छैन/निर्वाचनको पछिल्लो परिणामले हामी सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ/अब कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्दै आफ्नो संरचना,कार्यशैली र नेतृत्वको अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ।यो परिणामबाट कांग्रेस पार्टीका कार्यकर्ताहरूलाई निराश नहुन पनि आग्रह गर्दछु/जनविश्वास गुम्नुको कारणलाई इमानदारीपूर्वक स्वीकार गरेर त्यसबाट पाठ सिक्न सके मात्र संगठन अघि बढ्न सक्छ।आफ्ना गल्तीहरू सच्याउने साहस,नेतृत्वको शैलीमा परिवर्तन र कार्य पद्धतिमा सुधार गर्न सके हामीले फेरि जनताको भरोसा जित्न सक्छौं/

    पटक पटक फूटवलमा विश्वकप जितेको ब्राजिल,अर्जेंटिना,स्पेन, इटाली,फ्रान्सले पटक पटक अप्रत्याशित गोल खाएर हार बेहेरोको रेकर्ड छ।केहि बर्ष अघि ब्राजिलले बिश्व कप फुटवलमा १२ गोल खायो।गोल खाए पनि विश्वकपको इतिहाँसमा ब्राजिलको शान,मान,भुमीका घटेको छैन।भुमीका घटेको छैन। नेपालको यो पटकको चुनावमा कांग्रेसले परिस्थिती ठम्याउन नसक्दा राम्रो गोल खायो।चेत खायो।कांग्रेसले गोल खाए पनि नेपालको प्रजातन्त्र लोकतन्त्रको इतिहाँसमा इतिहाँसमा कांग्रेसको शान,मान,भुमीका घटेको छैन।भुमीका घटेको छैन।निर्वाचनको पछिल्लो परिणामले हामी सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ/अब कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्दै आफ्नो संरचना,कार्यशैली र नेतृत्वको अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ।यो परिणामबाट कांग्रेस पार्टीका कार्यकर्ताहरूलाई निराश नहुन पनि आग्रह गर्दछु/जनविश्वास गुम्नुको कारणलाई इमानदारीपूर्वक स्वीकार गरेर त्यसबाट पाठ सिक्न सके मात्र संगठन अघि बढ्न सक्छ।आफ्ना गल्तीहरू सच्याउने साहस,नेतृत्वको शैलीमा परिवर्तन र कार्य पद्धतिमा सुधार गर्न सके हामीले फेरि जनताको भरोसा जित्न सक्छौं/

    उग्रता,उदण्डता,चर्को भाषण, मलाई मात्रै जनताले मन पराउँछन्,मैले मात्रै बहुमत दिलाउन सक्छु भन्ने प्रचण्ड घमण्ड नै निकम्मा थियो।अब उप्रान्त मलाई मात्रै जनताले म पराउँछन् र म नै राजा हुँ भन्ने अहंकारी घमण्ड अब यो हार पछि त्याग गर्नु पर्दछ/ऐनालाई दोष होइन,आफ्नो अनुहार कालो बाँड्गो भएको स्विकार गर्नु पर्दछ।

    २०४६ पछि प्रजातन्त्र आयो, लोकतन्त्र आयो,शिक्षा आयो, साक्षरता आयो,नयाँ परिवेश आयो,सुचना प्रविधिको युग आयो,स्कुल पाठशाला आयो, वाक्य वाक्य दफा दफामा अधिकार आयो,मानब अधिकार आयो,चेतनाको स्तर बढ्‌यो, अर्थको आकार बढ्यो,केहि विकाश पनि भयो,संसार नदेखेका नेपालीले संसार पनि घुम्न थाले, प्रतिव्यक्ती आय पनि बढ्यो, आम्दानी बढ्यो,गडवडी हुने वित्तिकै दवाब र घ्यानाकर्षण समुह आयो,चोक चोकमा विवेकी छलफल हुनु थाल्यो,राजनैतिक बयस्कता आयो,नेपालको लोकतन्त्र अब बस्यक भयो भन्दै रमाएँ।
    अब नेपाली सार्वभौम भए।के राम्रो?के नराम्रो?वा के गर्ने?के नगर्ने?वा कुन नेतालाई भोट दिने? वा कुन नेता लाई भोट नदिने?भन्ने बिवेक हरेक नेपालीले अब बोल्ने दिन आयो भन्दै म लण्डनमा खुशी भइरहेको बेला चुनाबको नतिजा हेर्दा नेपालीहरू प्रतिनिधि छान्न बयस्क भएका रहेनछन्/नेपालीहरु अझै स्वाल हुइयाँमा रमाई रहेको,बगीरहेको र राम्रो, नराम्रो,असल,खराब नछुट्टाई मत पोखेको हेर्दा नेपालीको चेतना स्वाभिमान विबेक र लोकतन्त्रको अभ्यास कमजोर देखिन्छ/यसै गरि स्याल हुईयाँमा जनता अघि बढ्दा नेपालको संवृद्धिको भविष्य राम्रो छैन ।

    शानदार नतिजाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र विजेताहरूलाई बधाई!

    जनतका अगाडी चुनाबको बेला जे जे गर्छु भनेर भोट माग्नु भयो,ति तमाम बोलेका बाचा र विषयहरु पूर्ण गर्न तिर लाग्नु होला।बोल्ने एउटा,गर्ने अर्को गरि सोझा जनता झुक्याउने र अर्को आवाधिक चुनाब सम्ममा उनै प्रचण्ड,के.पी वली र देउवा जी ले बेहोर्नु परेको पूर्ण असफलता जस्तै पुःन असफल नहुने गरि जनहितको कार्य गर्नु होला। जनताले तपाई रास्वपालाई घरको समेत सवै निखारेर दिन सम्म दिय/अब भविष्यमा जनतालाई तपाईंहरुले दिन सक्नु पर्दछ।शाषकिय असफलताको पुरानै रोग नदोहऱ्याउनु होला।यस्तो दुई तिहाई बहुमत अरु 200 बर्षमा पनि नआउन सक्छ।

    राष्ट्रिय एकता कायम गर्न र नमिलेका विषय मिलाउन संविधान संसोधन गरि अघि बढ्नु होला।तपाईंहरु पनि असफल हुनु भयो भने अब अर्को आन्दोलन हुनेछ।देशले अब भविष्यमा पटक पटक असफलताको,निराशाको आन्दोलन,हिंसा काटमार र धनजनको क्षती बेहोर्न सक्दैन।हेक्का राख्नु होला।सुनौलो मौका आएको छ।नविग्रनु होला।नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ।देशमा बस्ने वातावरण बनाउनुपर्छ।विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस्।शिक्षामा सुधार जरुरी छ।देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ।प्राकृतिक स्रोत साधनका हिसाबले अन्यन्तै सुन्दर देश छ।अब द्वन्द्व र तनावको अवस्था नहोस्।सबै मिलेर बस्ने वातावरण बनोस्/राजनीतिमा निर्वाचन नभएसम्म यो पार्टी र त्यो पार्टी हुन्छ।निर्वाचनपछि अल्पमतलाई पनि जित्नेले बेवास्ता गर्नुहुँदैन,पुराना पार्टीलाई रास्वपाले सम्मान गर्नुपर्छ।सत्तापक्षले गलत गरेमा प्रतिपक्षले विरोध गर्नुपर्छ। राजनीति भनेको सामाजिक सेवा हो।

    हार्दिक बधाई राष्ट्रिय स्वतन्त्र पार्टी लाई /

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij