Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा. प्रकाशशरण महत : कडा परिश्रम पछि सुखद नतिजाको प्रतिक्षा


  • सोमबार, फाल्गुन १८ २०८२

  • डा. प्रकाशशरण महत : कडा परिश्रम पछि सुखद नतिजाको प्रतिक्षा

    नुवाकोट । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत ले कडा परिश्रमका साथ आफ्नो जितको आधार तयार गर्दै गएका छन्।
    विगतको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङ ले जित हासिल गरेको यस क्षेत्रमा यसपटक पनि उनी नै मुख्य प्रतिस्पर्धीका रूपमा उभिएका छन्। यसले गर्दा क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा थप रोचक र कडा बनेको छ।
    नेपाली कांग्रेस नेपाली कांग्रेस का उम्मेदवार डा. महतले घरदैलो अभियान, विकासका एजेन्डा र जनसम्पर्कलाई प्राथमिकता दिँदै मतदातामाझ सक्रियता बढाएका छन्। उनले आर्थिक विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारलाई मुख्य प्रतिबद्धताका रूपमा अघि सारेका छन्।
    उता, नेकपा (माओवादी केन्द्र) नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तामाङले विगतमा गरेको काम र जनआधारलाई मुख्य आधार बनाउँदै पुनः जित सुनिश्चित गर्ने रणनीतिमा जुटेका छन्। उनी पनि मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी माहोल तातो बनाइरहेका छन्।
    स्थानीय विश्लेषकहरूका अनुसार यस क्षेत्रको चुनाव परिणाम दुवै उम्मेदवारको सक्रियता, संगठनको बल र मतदाताको विश्वासमा निर्भर रहनेछ। दुवै पक्षले आक्रामक प्रचार अभियान चलाइरहेका कारण नुवाकोट क्षेत्र नं. १ को चुनावी नतिजा सबैको चासोको विषय बनेको

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij