काठमाडौँ — नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी सर्वोच्च अदालतमा परेको रिट निवेदन फिर्ता हुने भएको छ। कांग्रेसभित्र शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा पक्षबीच सहमति भएपछि उक्त रिट निवेदन भोलि अदालतको पेसी हुनुभन्दा अगाडि नै फिर्ता लिने सहमति भएको हो।
दुवै पक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर चुनावमा जाने भएपछि रिट फिर्ता हुने भएको हो। थापा पक्षले सबैलाई मिलाएर टिकट वितरण गर्ने तर अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने अडान राख्दै आएका थिए।
आज दिनभर नेपाली कांग्रेसको थापा पक्ष, शेरबहादुर देउवा पक्ष र डा. शेखर कोइराला पक्षबीच चरणबद्ध छलफल भएपछि कांग्रेसमा एक प्रकारको अस्थायी युद्धविराम भएको छ। अब कांग्रेसका तीनै समूह एकढिक्का भएर निर्वाचनमा होमिने भएका छन् भने टिकट वितरणको प्रक्रिया पनि अगाडि बढिरहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
