Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टी फुट्दैन भन्नु गगन – विश्वको मिठो झुठ


  • शुक्रबार, पुष २५ २०८२

  • पार्टी फुट्दैन भन्नु गगन – विश्वको मिठो झुठ

     

    नेपाली कांग्रेस यतिबेला विभाजनको डिलमा पुगेको छ । विभाजन रोक्न संस्थापन पक्षले केहि प्रयासहरु गरेको देखिएपनि परिणाम निस्कने सम्भावना कमजोर बन्दै गइरहेको छ । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको अडानबाट टसमस छैनन् भने संस्थापन पक्ष उक्त महाधिवेशन स्वीकार गरेर सहभागी हुने अवस्था छैन् ।
    संस्थापन पक्ष सकभर विशेष महाधिवेशन स्थगन गराउने पक्षमा छन् जुन सम्भावना कम देखिन्छ । विशेष महाधिवेशन स्थगत गर्न नसकेको अवस्थामा महाधिवेशन प्रतिनिधिको सहभागी संख्या सिमित गर्ने रणनीति छ । विशेष महाधिवेशन माग गर्न ५४ प्रतिशतले हस्ताक्षर गरेको दावी गरिएपनि उक्त संख्या सत्य नभएको दुवै पक्षले बुझेका छन् । त्यहि भएर अहिले कांग्रेस भित्र ४० प्रतिशत पु¥याउने र पुग्न नदिने लडाई चलिरहेको छ ।
    पछिल्लो समयमा संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधर विरुद्द काउन्टर गतिविधि सुरु गरेका छन् । विभिन्न तहका भेला, भातृसंस्था परिचालन र वक्तब्य बाजी सुरु भएका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई विद्यान विपरित र पार्टीको हित विपरित भन्दै आएपनि कारबाहीको चेतावनी भने दिएको छै्रन् ।

    महामन्त्रीद्धयको मिठो झुठ
    विशेष महाधिवेशन पक्षधर थापा र शर्माले रणनीतिक रुपमा नै केहि तथ्यहरुलाई लुकाएका छन् । आफ्नै अग्रसरतामा हस्ताक्षर अभियान चलाएर विशेष महाधिवेशन माग गरेको थापा र शर्मा यतिबेला आफुहरु सहभागी मात्र हुन लागेको भनेर ढाटेका छन् । विशेष महाधिवेशन मागकर्ताहरुले आयोजना गरे र हामीपनि त्यसमा सहभागी हुन्छौं भनेर दिएको वक्तब्यमा कुनै सत्यता छैन् । विशेष महाधिवेशनले पार्टी फुट्दैन भनेर पनि अर्को झुठको खेती भएको छ । महामन्त्री थापाले पार्टी फुट्दैन पनि भनिरहेका छन्, पार्टीको नीति र नेतृत्व पनि फेरिन्छ भनिरहेको छन् । निर्वाचित सभापतिलाई हटाएर अर्को सभापति घोषणा गर्दा पार्टी फुट्दैन भन्नु महाधिवेशन प्रतिनिधिहरु नघटुन् भनेर अपनाइएको रणनीति मात्र हो । विशेष महाधिवेशनले चयन गरेको नेतृत्व १४ औं महाधिवेशनले चयन गरेको नेतृत्व नमान्ने वितिकै कांग्रेस फुट्ने निश्चित छ । २ जना सभापति अस्तित्वमा रहने कल्पना गरेको छैन् ।

    अर्का महामन्त्री शर्माले त पार्टी फुट्ने अवस्था आए हलबाटै बाहिरिने बताए । जुन कुराको तालमेल अर्का महामन्त्री गगन थापासंग मिल्दैन । पार्टी फुट्ने अवस्था आए शर्मा बाहिर निस्कन्छन् कि त्यहि बस्छन् भने हेर्न पुष २७ गतेसम्म कुर्नपर्छ ।

    संस्थापनको असहयोग
    नियमित महाधिवेशन घोषित समयमा हुन नसक्दा अहिलेको अवस्था आएको महामन्त्रीहरुको दावि छ । क्रियाशिल सदस्यता टुंग्याउनेदेखी विभिन्न तहको अधिवेशन सक्ने कुराको संस्थापन पक्षले असहयोग गरेको प्रष्ट छ । संस्थापन पक्षबाट सहयोग हुन्थ्यो भने घोषित महाधिवेशन सम्पन्न भई विशेष महाधिवेशनको संकट आइलाग्ने थिएन ।
    विशेष महाधिवेशन मागकर्ताहरु अहिलेको हदसम्म अघि बढ्छन् भनेर विश्लेषण गर्न नसक्नु र क्षतिलाई रोक्ने तर्फ गम्भिर बन्न नसक्नु संस्थापन पक्षको लापरबाही हो । नाटकिय ढंगबाट कुनै निकास निस्कीएको खण्डबाहेक कांग्रेसलाई एउटै बनाउने सम्भावना कम छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij