Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गगन थापाले हल बुक गरे, केन्द्रीय समितिको निर्णय बिना नै पुष २७ र २८ गते विशेष महाधिवेशन गरिँदै


  • बिहिबार, पुष १७ २०८२

  • गगन थापाले हल बुक गरे, केन्द्रीय समितिको निर्णय बिना नै पुष २७ र २८ गते विशेष महाधिवेशन गरिँदै

    काठमाडौं – चुनाव अघि नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवादमा फसेको नेपाली कांग्रेस गम्भिर मोडमा पुगेको छ । पुष २६ गतेवाट नियमित महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसको क्रियाशिल सदस्यता टुङ्गिन नसक्दा नियमित महाधिवेशन नहुँने अवस्था आएको हो । क्रियाशिल सदस्यता सम्बन्धी समितिको संयोजक महामन्त्री गगन थापा आफै छन । अव विशेष महाधिवेशन गर्ने भन्दै थापा अघि वढेका छन । केन्द्रीय समितिले निर्णय नगरी थापा पक्षले विशेष महाधिवेशन गर्न यहि पुष २७ र २८ गतेको लागी भृकुटी मण्डपको हल वुक गरिसकेको छ । उक्त विशेष महाधिवेशन नामको भेला भयो भने कांग्रेस फुट्न सक्ने देखिएको जानकारहरू बताउँछन् ।

    सभापतिलाई जानकारी गराएर विशेष महाधिवेशन नामको भेला गर्ने तयारी गरिएको छ । केहि पहिले सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमा होम्मिई सकेको भन्दै विशेष महाधिवेशन नहुँने बताइसकेका छन । पहिले थापा पक्षमै रहेका नेता शेखर कोइरालाले समयमा नै क्रियाशिल सदस्यता टुङ्गाउँन नसकेको भन्दै थापा माथी नै प्रश्न उठाएका छन भने संस्थापन पक्षका नेताहरू निर्वाचन अघि विशेष वा नियमित दु्वै महाधिवेशन हुन नसक्ने अडानमा छन । थापा भने ५४ प्रतिशत प्रतिनिधिको सर्मथन भन्दै विशेष महाधिवेशनको अडानमा छन । थापापक्षले वुझाएको हस्ताक्षर सनाखत गरिएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij