काठमाडौ – नेपाली कांग्रेसक महामन्त्री गगन थापाले आगामी संसदिय निर्वाचन लड्न चुनाव अघि पार्टीको १५ औं महाधिवेशन हुनु पर्ने सर्त राख्ने भएका छन । पार्टीको कार्य सम्पादनबैठकमा थापाले त्यस्तो सर्त राख्न लागेका हुन । नियमित वा विशेष महाधिवेशन गर्न जोड दिदै आएका थापा नेतृत्वकै समितिले क्रियाशिल सदस्यको टुङ्गो लगाउँन सकेको छैन । आगामी निर्वाचनमा क्षेत्र नं. ४ मा जित्न सक्ने अवस्था नभए पछि केहि समय अघि नै उनले चुनाव नलड्ने मनस्थिति बनएका थिए ।
चुनाव अघि पार्टी महाधिवेशन गरेर नेतृत्वमा पुगी चुनाव लड्ने उनको योजना छ । त्यसो गर्दा पार्टीको टिकट वितरण देखि निर्वाचन जित्न सकिने थापाको बुझाई छ ।
क्षेत्रमा निर्वाचन हारेको अवस्थामा महाधिवेशनमा नेतृत्व हात पार्न कठिन हुने हुँदा अहिले नै निर्वाचन नलड्ने उनको योजना छ ।
चुनाव नलड़ने घोषणाले अहिलेको अवस्थामै महाधिवेशन गरेर नेतृत्वमा पुग्न सकिन्छ कि भन्ने आशा समेत महामन्ती थापाको छ । कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्री पाण्डेले समेत चुनाव नलड्ने घोषणा गरिसकेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
