काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको विधान शंशोधन प्रति आपत्ति जनाएका छन । उनले पार्टीमा मनपरी गरिएको भन्दै अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणी गरेका छन । उनले पार्टी विधि र विधान अनुसार चल्नु पर्ने बताए ।
उनले भनेका छ्न :
के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने-यो सरासर मनपरी होइन भने के हो? अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ। यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
