काठमाडौं – आगामी प्रतिनिधि सभा निर्वाचनको लागी नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ वाट प्रवक्ता डा. प्रकाशशरण महतको सिफारिस गरिएको छ । प्रवक्ता महतको नाम पहिलो नम्बरमा सिफारिस गरिएको क्षेत्र नं. ५ का सभापति एवं पूर्वमन्त्री श्यामबहादुर खड्काले जानकारी दिए । महतसंगै नेपाली कांग्रेसकी युवा नेतृ रजनी थापाको सिफारिस भएको छ । सोहि क्षेत्रको सचिव समेत रहेकी थापा टोखा नगर पालिकामा मेयर र उपमेयरमा झिनो मतले पराजित भएको थिइन ।

सोहि क्षेत्रवाट जेनजी आन्दोलनकालीन सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको समेत सिफारिस भएको छ भने युवा नेता भैरब सापकोटा पनि सिफारिसमा परेका छन । सापकोटा यस अघि प्रदेश सभा सदस्यका उम्मेदवार थिए भने नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेसको विभिन्न जिम्बेवारीमा रहेर काम गरेका युवा नेता हुन । नेपाल तरुण दलका केन्द्रीय सदस्य सरिन घिमिरे शर्मा पनि क्षेत्रको सिफारिसमा परेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
