काठमाडौं– जेनजी आन्दोलन पछि मुुलुकको राजनीतिमा असामान्य उचारचढाव देखा परेको छ । नयाँ पुराना सबै दलमा आन्दोलनको धेरै थोरै असर परेकै छ । पुराना र ठुला भनिने नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रमा अझ ठुलो असर देखिन्छ । तिनै ठुला दलले आफ्नो नियमित कार्यसूचि र योजना भन्दा अघि नै महाधिवेशनको घोषणा गरेका छन् ।
नेपाली कांग्रेसले पनि आफ्नो १५ औं महाधिवेशन घोषणा गरेको छ । फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन भन्दा अघि पार्टीको महाधिवेशन गर्न हुँदैन भन्ने ठुलो मतलाई अस्वीकार गर्दै पुस २६ देखी २९ सम्म महाधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको छ ।
विशेष गरेर महामन्त्री गगन थापाले चुनाव अगाडी नै महाधिवेशन हुनुपर्छ भन्ने मतलाई जवरजस्त ढंगबाट उठाए । प्रमाणित नभएको तर विधान अनुसार संख्या पुगेको महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर पेश गर्दै विशेष महाधिवेशन माग गरेपछि कांग्रेस भित्र महाधिवेशनको वहस उत्र्कषमा पुगेको हो ।
जेनजी आन्दोलनको घाउ निको पार्दै एक जुट भएर पहिला चुनावको सामाना गरौं भन्ने पार्टीका थुप्रै नेताहरुलाई ०४६ पछिको पञ्च र ०६२–६३ पछिको राजावादीकै जस्तो व्यवहार गरियो । मानौ गगन थापाहरु जेनजी आन्दोलनले विजयी भएका हुन र अन्य नेताहरु उक्त आन्दोलनबाट पराजित भएका हुन ।
जेनजी आन्दोलनपछि पुराना र उमेर पुगेका नेता सबै खराव हुन भन्ने भाष्य स्थापित हुनु, पार्टीको मुख्य नेतृत्व सभापति शेरबहादुर देउवा आक्रमणमा परेर कमजोर बन्नु, पार्टी कार्यालय जलेर खरानी हुनु, नेताहरु आफ्नै घर जलेर आन्तरिक शरर्णार्थी जस्तै बन्नु र आम कार्यकर्ता साहारा विहिन अनुभव गरेको बेलो महामन्त्री थापाले पार्टीको नेतृत्व हात पार्ने सुनौलो मौका देखे । जुन मौका उनी गुमाउन चाहादैनथे । प्रतिनिधि सभाको निर्वाचनमा पराजित हुने भयले भित्रभित्रै खोक्रो बनेका थापा निर्वाचनमा पराजय पछि पार्टीको प्रतिस्पर्धामा कमजोर बनिने बुझेरै फागुन २१ गते अघि नै महाधिवेशनको निष्कर्षमा पुगेका हुन ।

पार्टीका अधिंकाश नेता जेनजी आन्दोलन पछिको घाउमा थोरै भएपनि मलमपट्टी गरेर खरानी टकटक्याउदैँ उठेपछि महाधिवेशन गर्न चाहान्थ्ये । निर्वाचनको मुखमा केन्द्रदेखी वडासम्म विभिन्न प्यानल र समुह बनाएर आन्तरिक चुनाव गर्दा फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अन्तरघातको गम्भिर अवस्था भोग्नु पर्नेमा पनि नेताहरुको गहिरो चिन्ता थियो । तर असली जेनजीले पनि आन्दोलन पछि सत्तामा रुचि नदेखाएको यर्थातलाई विसर्दै जेनजी आन्दोलनको मुख्य उद्देश्य नै महामन्त्री थापालाई सभापति बनाउनु थियो झै गरी उनी प्रस्तुत भए । त्यस विरुद्ध आत्मबल गिरेका देउवा निमेषभर पनि टिकेनन् ।
जेनजी आन्दोलनको घाउ निको पार्दै एक जुट भएर पहिला चुनावको सामाना गरौं भन्ने पार्टीका थुप्रै नेताहरुलाई ०४६ पछिको पञ्च र ०६२–६३ पछिको राजावादीकै जस्तो व्यवहार गरियो । मानौ गगन थापाहरु जेनजी आन्दोलनले विजयी भएका हुन र अन्य नेताहरु उक्त आन्दोलनबाट पराजित भएका हुन ।
कांग्रेसको घोषित महाधिवेशन होला नहोला, नभएको अवस्थामा विशेष महाधिवेशन होला वा नहोला तर निर्वाचनको मुखमा कांग्रेस भित्र जुन अभ्यास विकसित भइरहेको छ यसले चुनावी परिणाममा गम्भिर धक्का लाग्ने निश्चित छ । विशेष महाधिवेशन होस या नियमित महाधिवेशन, यो गगन थापाले जित्ने र बाँकी सबै कांग्रेसले हार्ने महाधिवेशन हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
