काठमाडौं – नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुष मसान्त भिन्न गर्ने कार्यतालिका सार्वजनिक गर्ने तयारी छ । सम्भवतः सोमवार बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी छ । महामन्त्री गगन थापा पक्षधरले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर दर्ता गराए पछि संस्थापन पक्ष नियमित महाधिवेशन गर्न तयार भएको हो ।
संस्थापन पक्ष महाधिवेशन गर्न तयार भए पनि डेढ महिना भन्दा कम समयमा महाधिवेशन सम्पन्न गर्न सम्भव होला ? कांग्रेसका वडा, क्षेत्र र जिल्ला स्तरिय नेताहरु पार्टीले महाधिवेशनको तालिका सार्वजनिक गर्दैमा सोहि मितिमा महाधिवेशन सम्भव नहुँने बताउँछन् ।
कांग्रेसको महाधिवेशनका लागी सवै भन्दा महत्वपूर्ण क्रियाशिल सदस्यता हो । त्यो टुङ्गो नलागे सम्म महाधिवेशन सम्भव हुँदैन । अहिले सम्म कांग्रेसले क्रियाशिल सदस्य टुङ्गो लगाएको छैन । थुप्रै जिल्लामा क्रियाशिल सदस्यता सम्बन्धी विवाद कायमै छ ।
विशेषगरी नयाँ क्रियाशिल सदस्यहरूमा बढी विवाद छ । केहि जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली जेनजी आन्दोलनमा नष्ट भएकाले नयाँ संकलन गर्नु पर्ने अवस्थामा छ । कतिपय क्रियाशिल सदस्यको सुचि वडा, क्षेत्र र जिल्ला तहमै अलपत्र परेका छ्न । विगतको अनुभव हेर्दा पनि क्रियाशिल सदस्यता सजिलै हल भएको छैन ।
त्यो वाहेक वडा, क्षेत्र, जिल्लाको नेतृत्व सहित केन्द्रीय समिति चयन गर्ने महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न सहज छैन । महाधिवेशनको घोषणा भए पनि सम्पन्न गर्न सजिलो छैन भन्ने तथ्य स्यंम महामन्त्री थापाले राम्रो संग बुझेका छन । त्यहि भएर उनले विशेष महाधिवेशन को प्रस्ताव फिर्ता नलिने रणनिति लिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
