काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको भारी बिसाउँन चाहन्छन् । तर पार्टी भित्रको दुई समूहको चर्को विवादका कारण त्यो भारी बिसाउँन समत सकस परेको छ, देउवालाई । महामन्त्री गगन थापा पक्ष विशेष महाधिवेशनका नाममा अपमान पूर्वक गलहत्ताउन चाहन्छ भने आफ्नै पक्षका नियमित महाधिवेशन गर्न दिदैनन् । जेनजी आन्दोलनको नामको अराजकताको शिकार बनेका देउवा नेतृत्वको भारी बिसाउँछु भन्दा समेत सुख पाएका छैनन् ।
आम चुनाव अघि नै महाधिवेशन गर्नु पर्छ भन्ने थापा पक्ष र चुनाव अघि गर्नै हुन्न भन्ने आफ्नै पक्षधर विचको चेपुवामा देउवा पिल्सिएका छन । उनको पछिल्लो मनस्थिति हेर्दा देउवा पार्टी नफुटोस र सम्मानपूर्वक आफ्नो विदाई होस् भन्ने चाहान्छन् ।
राजनितिक जीवन भर आफ्नो साथ दिएकाहरुको मुख हेर्ने कि जसरी पनि आफुलाई नेतृत्वबाट विदा गर्न चाहने हरुको कुरा सुन्ने भन्ने अवस्थाले देउवा तनाव र अनिर्णयमा छन ।
विमलेन्द्र निधि, कृष्ण सिटौला लगाएतका नेताले देउवालाई चुनाव अघि महाधिवेशन नगर्न चर्को दवाव दिएका छन । शनिवार पनि उनीहरुले देउवालाई त्यहि दवाव दिए ।
यहि अन्यौल र दवावका विच कांग्रेस बैठक सोमवारको लागी बोलाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
