Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस किचलो : संस्थापन पक्षका नेताहरूले देउवालाई नै टेर्न छाडे !


  • शुक्रबार, मंसिर १२ २०८२

  • कांग्रेस किचलो : संस्थापन पक्षका नेताहरूले देउवालाई नै टेर्न छाडे !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आम निर्वाचन अघि नै पार्टी महाधिवेशन गर्नेमा जोड दिएका छन । देउवाले आफुले नेतृत्व छाड्ने हुँदा नियमित महाधिवेशन हुनु पर्ने बताउँदा आएका छन । देउवा आफु निकट नेताहरु संगै आक्रोशित देखिएका छन । चुनाव अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका आफु निकट नेताहरूलाई उनले पटक पटक पुष मसान्त भित्र नियमित महाधिवेशन गर्नु पर्ने भन्दै त्यसका लागी तयार रहन भन्दै आएका छन ।

    विहिवार र शुक्रवार भएका छलफलहरुमा देउवा आफ्नैलाई मनाउँन प्रयासरत रहे । केहि नेताहरु संग त उनी झोक्किन थालेका छन । शुक्रवार नेता विमलेन्द्र निधिसंग देउवा झोक्किएका छन ।

    यो पनि :

    कार्टुन

    तर उनी निकट नेताहरू देउवाले भन्दैमा सजिलै मान्ने पक्षमा देखिदैनन । देउवा निकट भनिएका नेताहरुले जेनजी आन्दोलन अघि देखि नै उनलाई छाडिसकेका थिए । देउवाले आफ्नो समूहलाई वास्ता नगरेको भन्दै उनहरू छुट्टै समूह बनाएर छलफल गर्न थालेका थिए । उनीहरू डा . शेखर कोइरालासंग समेत सम्वादमा थिए ।

    देउवा पुष मसन्त भिन्न नियमित महाधिवेशनको पक्षमा छन । उनी अहिलेको विवाद विभाजनको अवस्था सम्म नपुगोस भन्नेमा चिन्तित छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij