Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन : कल्याण गुरुङ  


  • मंगलबार, मंसिर ९ २०८२

  • विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन : कल्याण गुरुङ   

    काठमाडौं – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले अहिलेको अवस्थामा विशेष महाधिवेशन हुन नसक्ने बताएका छन । उनले भने -केन्द्रीय कार्य समितिको बैठकमा आज सम्म पनि विशेष महाधिवेशनको र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा आएको छैन । गुरुङ्ले सभापति हटाउन वैधानिक ब्यवस्था स्पष्ट नभएको तर्क गर्दै बर्तमान सभापतिको हस्ताक्षरमै कांग्रेस चुनावमा जाने बताए ।

    उनले भनेका छन :

    साथीहरुले फोन गरेर सोध्नु हुन्छ – के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?

     

    मैले भने – बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।

     

    एक, केन्द्रीय कार्य समितिको बैठकमा आज सम्म पनि विशेष महाधिवेशनको र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा आएको छैन ।

    दुई, पार्टीको विधानको धारा १७(२) मा लेखिएको भए पनि यसको नियमावली र कार्यविधि बनि सकेको छैन । तीन, हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण भई सकेको छैन ।

    चार, विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७(२) मा कहिकतै लेखिएको छैन ।

    पांच, विधानको धारा १७(२) अनुसारको विशेष महाधिवेशनले पार्टी सभापतिलाई हटाउने व्यवस्था विधान र नियमावलीमा उल्लेख भएको नै छैन ।

     

    विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिई वहांको राजीनामा स्विकृत भई सकेको अवस्थामा कार्यवाहक सभापतिले ६ महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।

     

    विधानको धारा ४४ अनुसारको अविश्वासको प्रस्ताव पास गरेर मात्र पार्टी सभापति र पदाधिकारीलाई हटाउन सकिन्छ ।

     

    वहांहरुले फेरि सोध्नु भयो – अब के हुन्छ ?

     

    मैले फेरि भने – विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण पनि भई सकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रुपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन ।

     

    साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरि सकेको छ ।

     

    पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पुर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ ।

     

    पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ ।

     

    यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने संभावना कम देखिन्छ ।

     

    यसर्थ, ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यू कै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ ।

     

    पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुंदैन, दुई हुंदैन र तीन हुंदैन ।

     

    कुरो सुस्पष्ट छ ।

     

    आफै विचार गर्नु होला ।

    भ्रममा नपर्नु होला ।

     

    किमधिकम् ।

     

    जय नेपाल !

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij