Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले महाधिवेशन : विद्यालाई रोके पछि मैदानमा इश्वर


  • सोमबार, मंसिर ८ २०८२

  • एमाले महाधिवेशन : विद्यालाई रोके पछि मैदानमा इश्वर

    काठमाडौं – नेकपा एमालेको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको वारेमा चर्चा र चासो सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता नविकरण नगरेर आफै पुनः अध्यक्ष बन्ने बाटो लिए पछि एमाले भित्र ध्रुविकरण सुरु भएको छ । भण्डारी पक्षले अहिलेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई अघि बढाउने तयारी गरेको छ ।

    पोखरेल र ओली प्यानल बनाएरै मैदानमा उत्रिने तयारीमा छन । पोखरेलको पक्षवाट अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुविर महाशेठ लगाएतका नेता समेटिएका छन । यी नेताहरू मध्यवाट उपाध्यक्ष, महासचिव, उप महासचिव, सचिव लगाएतका पदमा उम्मेदवार बनाउँने तयारी छ ।

    दुई पटक महासचिव र वरिष्ठ उपाध्यक्ष रहिसकेका र पार्टीमा लामो समय देखि विभिन्न भूमिकामा रहेर काम गर्दै आएका पोखरेललाई पूर्वराष्ट्रपति भण्डारीको सक्रिय सर्मथन रहने छ । पोखरेल छिट्टै एउटा कार्यक्रम गरेर आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारीमा छन ।

    यता ओली पनि आफ्नो प्यानलको तयारीमा छन । उनलाई विष्णु पौडेल, पृथ्वी सुब्बा, विष्णु रिमाल, पद्‌मा अर्याल लगाएतको साथ छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij