काठमाडौं – काठमाडौं महानगर पालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आगामी फागुन २१ हुने निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका छन । महानगरका मेयर बालेन्द्र साहका विश्वास पात्र पाण्डेले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने तयारी गरे पनि पार्टीको भने टुङ्गो लागिसकेको छैन । मेयर साहले खोल्ने वा उनको सर्मथनमा खुल्ने पार्टीवाट पाण्डेले उम्मेदवारी दिने तयारी छ । तर पार्टीबारे अन्तिम टुङ्गो लागिसकेको छैन ।
उर्जा मन्त्री कूलमान घिसिङको सर्मथनमा दर्ता प्रक्रियामा रहेको उज्यालो पार्टी नेपालमा बालेन्द्र साहको संलग्ना सुनिश्चित नभएकाले पाण्डे लड्ने पार्टीको अन्तिम टुङ्गो लागेको छैन । तर साह कुनै न कुनै पार्टी जोडिने वा दर्ता गर्ने निश्चित भएकाले पाण्डेले उम्मेदवारीको तयारी गरेका हुन ।
निर्वाचन लड्ने वेलामा उनी महानगर प्रहरीवाट भने अलग हुने छन । महानगरमा उनको सेवा अवधी समेत करिव सक्किन लागेको छ ।
नुवाकोट स्थायी घर भएका पाण्डे काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवारी दिने तयारीमा छन । उनी उक्त क्षेत्रको टोखा नगर पालिकामा लामो समय देखि बसोवास गर्दै आएका छन ।
जेनजी आन्दोलनले फेरिएको राजनितिक परिदृष्यमा मात्रै पाण्डेले चुनाव लड्ने मनस्थिति बनाएका हैनन् । यो परिस्थिति नआएको भए उनी डेढ वर्ष पछि हुने स्थानिय तहको निर्वाचनमा टोखा नगर पालिकाको मेयरमा लड्ने तयारीमा थिए । मेयर पनि उनी बालेन्द्रकै सर्मथनमा लड्ने तयारीमा थिए । तर जेनजी आन्दोलनले राजनितिक परिस्थिति फेरिएकाले काठमाडौं क्षेत्र नं. ५ वाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारीमा छन । कूलमानको सर्मथनमा खुलेको भनिएको उज्यालो नेपाल पार्टीमा काठमाडौं क्षेत्र नं. ५ वाट अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर सम्मानजनक मत पाएका श्री गुरुङ समेटिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
