काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङ्को पार्टीले आकार नलिदै विभाजनको नियति भोगेको छ । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहको समेत सर्मथन रहेको भनिएको घिसिङ्को पार्टी गठन हुँदै गर्दा राष्ट्रिय स्वतनत्र पार्टी छाडेर आएकी सुमना श्रेष्ठ बाहिरिएकी छिन । पार्टीको नाममा सहमति जुट्न नसके पछि श्रेष्ठले कुलमानको साथ छाडेको पुष्टी गरेकी छिन ।
पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा दर्ता हुने पार्टीको नाम उज्यालो नेपाल रहने छ । उक्त नाममा असहमति जनाउँदै सुमना अलग भएकि हुन । मेयर साहले पनि सार्वजनिक रूपमा उक्त पार्टीमा आफ्नो संलानता भएको जनाएका छैनन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
