काठमाडौं – काठमाडौं महानगर पालिकले सुकुम्वासी वस्तीमा डोजर चलाउँने बताए पछि विकल्प विना त्यसो नगर्न ‘जेनजी मुभमेन्ट अलायन्स’ र दुर्गा प्रसाईले चेतावनी दिएका छन । विशेषगरी मेयर बालेन्द्र साहको ईंगोका कारण ती वस्तीहरूमा डोजर चलाउँन लागिएको भन्दै उनीहर्ले त्यसो नगर्न चेतावनी दिएका हुन ।
जेनजी मुभमेन्ट अलायन्स’ले विज्ञप्ती जारी गरेर सुकुम्बासी पहिचान र विकल्पको पक्षमा बोलेको छ भने प्रसाईँले वस्तीमै पुगेर आफ्नो सर्मथन जनाएका छन ।
प्रसाईले सुकुम्वासीहरु बस्ती भत्काईए प्रतिकार गरिने चेतावनी समेत दिएका छन । तर मेयर साहको यो कदम विरुद्ध मुख्य राजनितिक दलहरूले भने मुख खोलेका छैनन् । अघिल्लो निर्वाचनमा निर्वाचित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नै क्षेत्रमा महानगरले डोजर चलाउँन लाग्दा कुनै प्रतिक्रिया दिएका छैनन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
