Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

के गगन थापाले साइवर सचिवालय चलाउँछन् ?


  • मंगलबार, कार्तिक १८ २०८२

  • के गगन थापाले साइवर सचिवालय चलाउँछन् ?

    काठमाडौं – महाधिवेशन विवादले विथोलिएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलवार बस्यो । बैठकमा महामन्त्री र पूर्व महामन्त्री कृष्ण सिटौला विच घोचपेच चल्यो । कुनै समय एउटै गुटका थापा र सिटौला विच राजनितिक सम्बन्ध राम्रो छैन । गगनले गुट छाडे पछि प्रदिप पौडेललाई अघि बढाएका सिटौला पौडेलले पनि धोका दिएर थापाकै पछि लागे पछि थप चिढिएका छन ।

    मंगलवारको बैठकमा सिटौलाले गगन विरुद्ध निकै गम्भिर र कडा टिप्पणी गरे । उनले महामन्त्री थापाले फेसबुक सचिवालय खोलेर आफुहरुलाई गाली गरेको आरोप लगाए । उनले थापाले महामन्त्री पदको गरिमा राख्न नसकेको र फेसवुकबाटै सभापति बन्न खोजेको आरोप लगाए । सिटौलाको आक्रोश पछि थापाले बैठकको अध्यक्षता गरिरहेका कार्यवहाक सभापति पूर्णवहादुर खड्‌कासंग आपत्ति जनाए । सिटौला आफु विरुद्ध व्यक्तिगत रूपमा उत्रिएको थापाको गुनासो थियो । त्यस पछि खड्‌काले हस्तक्षेप गरेर सिटौलालाई रोके र शब्द फिर्ता लिन भने ।

    के गगनले फेसबुक सचिवालय चलाएका छन ? सामाजिक सञ्जालमा थापाको विरोध भन्दा प्रशंसा बढी देखिन्छ । उनको प्रशंसा र गुनगान गएका व्यवस्थीत र उच्च प्रविधि प्रयोग गरेका कन्टेन्ट देखिन्छ । यस्ता कन्टेन्ट शुभचिन्तकले बनाएर हालेको नभई उनको सचिवालयले उत्पादन गरेर सामाजिक सञ्जालमा फैलाएको प्रष्ट बुझिन्छ । सामाजिक सञ्जाल निहाल्ने हो भने उनीसंग साइवरसंग सम्बन्धित टिम छ भन्ने नै देखिन्छ ।

    कांग्रेसका केहि नेता जो थापासँग राजनितिक फरक विचार राख्दछन् उनीहरू विरुद्ध सामाजिक सञ्जालमा प्रहार हुने गरेको छ । व्यवस्थीत रुपमा उच्च प्रविधि प्रयोग गरिएका सामग्री संगठित रुपमा उत्पादन गरिएको प्रष्ट बुझ्न सकिन्छ । कांग्रेसका कतिपय नेता यस्ता सामग्री थापाको साइवर सचिवालयमा उत्पादन भएर सामाजिक सञ्जालमा आउँने गरेको कुरा अनौपचारिक रूपमा बताउँने गरेका छन ।

    सामाजिक सञ्जालको दुरूपयोग गरी राजनितिक अभिष्ट पुरा गर्ने क्रम पछिल्लो समय विक्रितिकै रुपमा फैलिएको छ ।नयाँ र लोकप्रियतावादीहरूले त झन यस्ता दुरूपयोग गरिरहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij