Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाको आलो घाउ माथि गगन थापाको आक्रमण


  • मंगलबार, कार्तिक ११ २०८२

  • देउवाको आलो घाउ माथि गगन थापाको आक्रमण

    गत भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि नेपालका मुलधारका राजनीतिक दलहरु रक्षात्मक अवस्थामा देखिएका छन् । निरंकुश राणा शासन, पञ्चायती निर्दलिय व्यवस्था र ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्र विरुद्ध ऐतिहासिक संर्घष गरेको नेपाली कांग्रेस अकल्पनिय ढंगबाट खुम्चिएको छ । कांग्रेसको यस्तो दुरअवस्था प्रतिबन्धित अवस्थामा पनि थिएन ।

    आन्दोलनको क्रममा कांग्रेसको मुख्य नेतृत्व अर्थात सभापति शेरबहादुर देउवा माथि असाधारण किसिमको हमला भयो । निवासमा रहेको अवस्थामा परिवारसहित आक्रमणमा परेका देउवाको सामान्य उद्धार गर्न समेत १२ घण्टा भन्दा बढि लाग्यो । देउवा माथिको अत्याचार मानविय दृष्टिबाट पनि घोर अपराध थियो । उमेरले समेत जेष्ठ नागरिकको कोटीमा पुगि सकेका देउवा माथि दिनभर निरन्तर प्रहार भयो तर उनको प्राथमिक उपचार समेत हुन सकेन ।

    पटक–पटक मुलुकको राजनीतिक परिर्वतनका लागि नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसका सभापति देउवा आफैमा पनि प्रजातान्त्रिक योद्धा हुन । लोकतन्त्रमा उनी माथि उठेका कुनै पनि प्रश्नको कानुनी परिक्षण गर्ने विकल्प खुल्ला हुँदा हुँदै अपनाइएको बरबर शैली किमार्थ स्वीर्काय होइन ।

    पार्टी नेतृत्व माथि जुन ढंगबाट आक्रमण भयो, त्यसले मुलकुभरका कांग्रेसजनलाई निराश र हतोत्तसाही बनायो । देउवा माथि मात्रै यस्तो व्यवाहार नभई कांग्रेसको केन्द्रदेखी जिल्लासम्मका कार्यालय जलाइयो । नेताहरुको घर जलाइयो । यस्तो अवस्थामा पार्टी भित्र अलमल देखिनु स्वभाविक हो ।

    महामन्त्री थापाले पार्टी भित्र विशेष महाधिवेशनको कुरा पनि उठाएका छन् । नियमित महाधिवेशनको स्वभाविक विकल्पलाई छाडेर विशेष महाधिवेशनको माग गर्नु र हस्ताक्षर संकलन गर्नु उनको लोकप्रियतावादको पछिल्लो उदाहरण हो । ठुलो चोट सहेर विदा हुन लागेका सभापति माथि बहादुरी देखाउनु भनेको मरेको बाघको जुंगा उखेल्नु जस्तै हो । गगन थापालाई राम्रोसंग के थाहा छ भने विशेष महाधिवेशनले देउवाको कार्यसमितिलाई मात्र विस्तापित गर्न सक्दछ । कांग्रेसको महाधिवेशन प्रतिनिधि, महासमिति, प्रदेश समिति, जिल्ला समिति, क्षेत्र, पालिका, वडा र जनसम्पर्क समितिमा कुनै परिर्वतन हुँदैन । नेतृत्व परिर्वतनको मुद्धा उठाएको जस आफुले लिने र नेतृत्वमा पुग्ने बाहके अर्को कुनै उद्देश्य देखिदैन । जवकी नियमित महाधिवेशनले समग्र कांग्रेसमा प्रजातान्त्रीक अभ्यासको रक्त सञ्चार गराउँछ ।

     

    तर कांग्रेस माथि भएको यो आक्रमणको जुन ढंगले प्रतिवाद हुनुपथ्र्यो त्यसो हुन सकेन । जेन्जी आन्दोलनपछि बसेको पहिलो बैठकको निर्णयमा सभापति देउवाको स्वास्थ्य लाभको कामना समेत गरिएन । बरु महामन्त्री गगन थापाले सभापति विरुद्ध नै नेतृत्वबाट हटाउने अभियान चलाए । आन्दोलन कसरी भयो ? दलहरुमाथि किन निशाना बनाइयो ? सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जस्ता व्यवस्थाको प्रतिक माथि आगजनी हुँदा नेपाली सेनाले किन जोगाएन ? र संविधानले चिन्दै नचिनेको सरकार कुन शक्तिले बनायो ? भन्ने यावत प्रश्नहरु हुँदा हुँदै महामन्त्री थापा आफ्नै पार्टी नेतृत्व विरुद्ध निरन्तर लागि रहे ।

    कांग्रेस भित्र देउवाको विकल्प आवश्यक थियो होला । सक्षम र युवा पुस्ताले नेतृत्व पाउनु पर्ने विषय पनि सहि थिए होला । तर मुलुकको राजनीतिक व्यवस्था, राजनीतिक दल र स्ंवय कांग्रेसले अकल्पनिय अवस्था भोगिरहेको बेला घाइते सभापति माथि थापाको आक्रमण जेन्जी आन्दालन भन्दा क्रुर, हिंस्रक र अमानविय थियो ।

    वास्तवमा कांग्रेस भित्र मात्र नभई नेपाली राजनीति भित्र लोकप्रियतावाद भित्राउने नरहरी आचार्य र गगन थापाहरु नै हुन । आज हुर्किएको लोकप्रियतावादको बिजारोपण यीनीहरुले धेरै पहिला गरिसकेका थिए । फरक यति हो, त्यतिबेला लोकप्रियतावाद धेरैले बुझेनन् । अहिलेका लोकप्रियतावादीहरु चाडै उदांगिए ।

    महामन्त्री थापाले पार्टी भित्र विशेष महाधिवेशनको कुरा पनि उठाएका छन् । नियमित महाधिवेशनको स्वभाविक विकल्पलाई छाडेर विशेष महाधिवेशनको माग गर्नु र हस्ताक्षर संकलन गर्नु उनको लोकप्रियतावादको पछिल्लो उदाहरण हो । ठुलो चोट सहेर विदा हुन लागेका सभापति माथि बहादुरी देखाउनु भनेको मरेको बाघको जुंगा उखेल्नु जस्तै हो । गगन थापालाई राम्रोसंग के थाहा छ भने विशेष महाधिवेशनले देउवाको कार्यसमितिलाई मात्र विस्तापित गर्न सक्दछ । कांग्रेसको महाधिवेशन प्रतिनिधि, महासमिति, प्रदेश समिति, जिल्ला समिति, क्षेत्र, पालिका, वडा र जनसम्पर्क समितिमा कुनै परिर्वतन हुँदैन । नेतृत्व परिर्वतनको मुद्धा उठाएको जस आफुले लिने र नेतृत्वमा पुग्ने बाहके अर्को कुनै उद्देश्य देखिदैन । जवकी नियमित महाधिवेशनले समग्र कांग्रेसमा प्रजातान्त्रीक अभ्यासको रक्त सञ्चार गराउँछ ।

    कांग्रेसको नेतृत्व गर्न चाहेको युवा पुस्ता र त्यसको प्रतिनिधि पात्र गगन थापाले प्रष्ट पार्नु पर्ने विषयहरु धेरै नै छन् । जेन्जी आन्दोलनका नाममा पार्टी सभापति माथि सांघातिक आक्रमण गर्नेहरु माथि कानुनी कारबाही हुनुपर्छ की पर्दैन ? सिंहदरबार, सर्वोच्च अदालत र संसद भवन जलाउने माथि कारबाही हुनुपर्छ कि पर्दैन ? उक्त घटना घटाउन उत्तेजित बनाउने र राजनीतिक दलहरु माथि घृणा फैलाउने काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह प्रति कांग्रेस पार्टी र स्वंय थापाको धारणा के हो ? असम्बैधानिक सरकारलाई कांग्रेसले कानुनी र राजनीतिक मान्यता दिन्छ कि दिँदैन ? यस्ता थुप्रै प्रश्नहरु छन् जसको उत्तर कांग्रेसको सभापति हुँन्छु भनेर लोकप्रियतावादको आडमा अगाढी बढेका महामन्त्री गगन थापाले दिनु पर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij