काठमाडौं – नेपालका लागी अमेरिकी राजदूत डिन थम्पसनले नेपालकी अन्तरिम प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीसँग भेट गर्नुभयो।
राजदूत थम्पसनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाउनु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो र नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्याउनुभयो।
अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद् व्यवस्थापन, र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसीसी सम्झौताका प्राथमिकताहरूमा छलफल गर्नुभयो, जसले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्याउँछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
