काठमाडौं – जेनजी आन्दोलनमा हाल सम्म १९ जनाको मृत्यु भएको भने ३ सय ५० भन्दा बढी घाइते भएको भएका छन । ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसीमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, इटहरीमा प्रहरीले गोली चलाउँदा थप दुई जनाको ज्यान गएपछि मृत्यु संख्या १९ पुगेको हो।
हालसम्म ३४७ जना घाइते भएका छन्। सिभिल अस्पतालमा १००, एभरेस्टमा १०२, ट्रमामा ५९, केएमसीमा ३७, वीर अस्पतालमा ६, पाटनमा ४, त्रिवि शिक्षणमा १८, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
