काठमाडौं – नेपाली कांग्रेसले दिलेन्द्र प्रसाद बढुलाई राज्य व्यवस्था समितिको सभापति बनाउँने तयारी गरेको छ । बढु यस्ता भाग्यमानी नेता हुन जसलाई अवसर खोजि खोजि आउँछ । पटक पटक मन्त्री बनेका बढु अहिले प्रतिनिधि सभामा समानुपातिक सांसद छन । गिरिजा प्रसाद कोइरालाकै पालामा शिक्षा सहायक मन्त्री बनेका बढु ०६२ / ६३ को आन्दोलन पछि संचार राज्यमन्त्री बने । पछिल्लो पटक उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । उनी कांग्रेसको प्रवक्ता समेत भए ।
तिनै बढुलाई कांग्रेसले राज्य व्यवस्था समितिको सभापति बनाउँने तयारी थालेको छ । पार्टी सभापति शेर बहादुर देउवाले पार्टी भित्र छलफल गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
