काठमाडौं – बागमती प्रदेश मुख्यमन्त्री इन्द्र बानियाँले सरकार विस्तार गरेका छन । उनले कांग्रेसबाट युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला मन्त्रीमा प्रभात तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा विनु रायमाझी र संस्कृति मन्त्रीमा सुरेश श्रेष्ठलाई नियुक्त गरेका हुन्।
बलपूर्वक हटाईएका मुख्यमन्त्री बहादुर लामाको पक्षका कसैलाई पनि मन्त्री बनाईएन । सभापति शेरबहादुर देउवा समेतको सहमतिमा लामा पक्षका तीन मन्त्री बनाउने सहमति थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
