काठमाडौं – रुपन्देही कारागरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने ऐसी सुविद्यामा बस्ने गरेको समाचार लेख्ने अन्नपूर्ण पोष्ट रुपन्देही सम्बाददाता सलमान खानले रातारात ऐसी हटाइएको दावी गर्दै रिपोर्टरको डायरी प्रकाशित गरेका छन । उनले लामिछाने बस्ने कोठाको छतमा एसिको कम्प्रेसर युनिट राखिएको तस्वीर र हटाए पछिको तस्वीर समेत राखेका छन । उक्त तस्वीरको सत्यता स्वतन्त्र ढंगवाट पुष्ट भने भएको छैन ।
सम्बाद्दाता खानले रिपोटिङका क्रममा आफुले अपनाएका विधिका बारेमा समेत वर्णन गरेका छन । सोमवार राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली जानु भन्दा टोली जानु भन्दा अघि नै एसी हटाएको उनले उल्लेख गरेका छन । जेलर कारागार प्रमुख सुरेश भण्डारीले आफुलाई लफडामा नपार्न आग्रह गरेको उनले दावी गरेका छन । अनुगमन पछि इन्सेक रुपन्देहीको अध्यक्ष रिमा बिसीले एसी नदेखेको तर उनी बस्ने कोठामा एउटा प्वाल देखेको भनि बताएको खानले उल्लेख गरेका छन । त्यो प्वाल एसीको नै भएको उनले दावी गरेका छन ।
तस्वीर साभार अन्नपूर्ण पोष्ट
र यो पनि !
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
